Logo

वाल्मीकी आश्रममा सीताले नाम फेरेर किन वनदेवी राखिन्



वाल्मीकी रामायणको उत्तर कान्डको रामायण अनुसार सीतालाई लोकले अपवित्र भनी चर्चा गर्न थालेकाले रामको आदेशमा लक्ष्मणले बाल्मीकी आश्रममा छोडेका थिए । बाल्मीकी आश्रममा सीता वनदेवी नामले चिनिएकी थिइन् । उक्त समयमा उनी गर्भवती पनि थिइन् ।

त्यहि आश्रममा लव र कुशलाई जन दिएकी हुन् । गंगा नदीको किनारमा वाल्मीकीको आश्रम थियो । माता सीता दुई छोराको साथमा वाल्मीकी आश्रममा बस्थिन् । एक पटक भगवान श्रीरामले अश्वमेधको यज्ञ आयोजना गरे । उक्त यज्ञमा लव र कुशलाई वाल्मीकीले रामायण सुनाउन पठाए ।

रामले दूई कुमारबाट दैनिक बीस सर्ग कथा सुन्ने गर्थे । कथा उत्तराखन्ड सम्म पुग्दा रामले आफ्नो छोराहरुको पहिचान गरे । रामले आफू निस्पाप भए आफ्नो पवित्रता प्रकट गर्न सीतालाई आदेश दिएपछि वाल्मीकीले सीतालाई लिएर सभामा गए । सभामा वशिष्ठ ऋषिहरुको उपस्थिती थियो ।

सभामा वाल्मीकीले रामसँग भने, ‘हे राम म वरुणको १० औं छोरा हु । मैले जीवनमा कहिल्यै झुठ बोलेको छैन र यी दूई तपाइँका छोरा हुन् । यदि मैलै झुठ बोलेको भए मेरो तपस्याको फल मलाई नमिलोस् । मैले दिव्य दृष्टिले उनको पवित्रता देखेको छु । ’ वाल्मीकीको कुरा सुनेर सीता हात जोडेर मुख तल लगाएर भनिन्, ‘हे धरती आमा, यदि म पवित्र छु भने धरती फाटी त्यसैमा लिन हुन पाउँ । ’ सीताले त्यत्ति भनेपछि एकाएक धर्ति फाटेर सिहाँसनमा पृथ्वी देवी बसेर आइन् । उनले सीतालाई काखमा राखीन् । सीता काखमा बसेपछि धर्ति जोडीयो र सीता धर्तीमा लिन भईन् । धार्मिक ग्रन्थको आधारमा



प्रतिक्रिया दिनुहोस्