Logo

५६ डलर मूल्यको चिनियाँ फूलदान ९० लाखमा लिलाम



एजेन्सी, ३० असार । ५६ डलरमा पहिलो पटक लिलाम भएको चिनियाँ फूलदानको मूल्य हङकङ लिलामीमा ९० लाख पर्न गएको छ । मध्य युरोपस्थित बसावास गर्दै आएकी एक वृद्वा महिलाको घरमा पत्ता लागेको फूलदान शनिबार हङकङमा बिक्री भएको हो । उक्त दूर्लभ फूलदान १८ औँ शताब्दीको सोथेबीको ‘हराएको कलाकृती’को रुपमा बर्णन गरिएकोे छ ।

विगत वर्षदेखि फूलदान मध्य युरोपको दुर्गम क्षेत्रमा वृद्वा महिलाका घरमा घरपालुवा जनावर कुकुर र विरालो माझ रहेको थियो । फूलदान एक अद्वितीय रुपमा निर्माण गरिएको वस्तु हो । यसको आकर्षक कलाले सम्पूर्णको ध्यान केन्द्रित गरेको छ । यो विषेशगरी चीनमा ६० वर्ष सम्म शासन गर्ने क्यानलंग सम्राटका लागी निर्माण गरिएको थियो ।

महिलाले यसलाई जनावरकाबीच राखेपनि यो अहिलेसम्म सुरक्षीत रहेको थियो । उक्त फूलदानलाई महिलाको घरमा रहेका विषयलाई सोथेबीका परामर्शदाता वोहान बाँश भ्यान रोजेन्थलले पत्ता लगाएका थिए । महिलो कुन क्षेत्रमा रहेको विष भने गोप्य राखिएको छ । महिलाले उक्त फूलदान विरासतमा पाएको समेत जनाइन् । यस्ता प्रकारका खोजी र अनुसन्धान गर्ने चार जनाको चिनियाँ टाली महिलाका घर पत्ता लगाउन पुगेका थिए ।

अनुसन्धानको क्रममा उक्त फूलदान १८ औँ शताब्दीमा निर्माण भएको पत्ता लागेको थियो । अद्वितीय सामाग्रीलाई लिलामीमा राख्दाँ उक्त फूलदान ९० लाखमा बिक्रि भएको छ । सोथेबीद्वारा हङकङमा आयोजित कार्यक्रममा थुप्रै अद्वितीय सामाग्रीहरु बेचिएको छ । सात दिने कार्यक्रममा सोथेबीले करिब तीन सय करोड भन्दा बढीको व्यापार गरेको छ ।



प्रतिक्रिया दिनुहोस्