Logo

कुकुरले चलाएको बन्दुकले मालिक्नीलाई गोली लागेपछि…



मानिसको जीवन धेरै अनमोल हुन्छ कहिलेकाँही सानो सानो गल्तीको कारण जान सक्छ । आजसम्म हामीले मानिसले मात्र बन्दुक चलाएको देखेका छौ । तर अमेरिकामा एउटा कुकुरले बन्दुक चलाएको छ ।

४४ वर्षका टिना स्पिंगर र ७९ वर्षका ब्रेट पार्क कारमा कतै जादै थिए । उनीहरुको साथमा ७ महिनाको कुकुर पनि थियो । टिना र ब्रेडले बाटोमा ट्रेनलाई साइड दिएर गाडी रोकेका थिए । कारमा एउटा भरिएको हातेगन पनि थियो । उक्त गनलाई अगाडिको सिटको सेन्टर कन्सोलमा राखेका थिए ।

रेल बहिर निस्केपछि पछिल्लो सिटमा बसेको कुकुर गाडीको अगाडी भागमा कुदेर आयो । कुकुर उफ्रिदाँ बन्दुक पड्क्यो र टिनाको बायाँ जांघमा लाग्यो । टिनाको अस्पतालमा उपचार भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्