Logo

रावणको पुजा गर्ने गाउँ



यो दुनियाँका सबै स्थानमा रावणको विरोध गर्दै पुत्ला जलाइन्छ । रावण बध गर्ने रामको पुजा गरिन्छ । तर विश्वमा एउटा गाउँ छ जहाँ रावणको पुजा गरिन्छ । उक्त गाउँका मानिसहरु प्राचीन समयदेखि नै रावणको पुजा गर्दै आएका छन् । अन्य देशमा दशहराको दिन रावण हारेको खुशीयालीमा धुमधामसँग मनाइरहेको बेला उक्त गाउँमा भने रावणको फरक–फरक तरिकाले पुजा गर्छन् ।

मन्डला जिल्लाको ग्राम डुंगरियामा रावणको गोडवान साम्राज्यका महासम्राट, महाज्ञानी, महाविद्धान र आफ्नो पुर्वज मानेर दशहराको दिन पुजा गर्छन् । रावणको मन्दिर पनि बनाएका छन् ।

रावणको उक्त मन्दिरमा रावणको पुजा भई उसको नाममा जय जयकार गर्ने गर्छन् । उनीहरुले रावणलाई एक महान विद्धान, महान शन्त, वेद शास्त्रका आचार्य, महापराक्रमी र दयालु राजाको रुपमा सम्झन्छन् । राम र रावणको युद्धलाई आर्यन र द्रविणको युद्ध मान्छन् गाउँका मानिसहरु । एजेन्सी



प्रतिक्रिया दिनुहोस्