Logo

साउनमा उपवास गर्ने हो भने यी कुरा ध्यान दिनुहोस्



साउन महिना आस्थाको दृष्टिकोणबाट धेरै पवित्र मानिन्छ । यस महिनामा धार्मिक अनुष्ठान, पुजा पाठ आदीको साथमा व्रत–उपवासलाई पनि महत्व दिइएको छ । यदि तपाइँ उपवास गर्न लाग्नु भएको छ भने यी ध्यान दिनुहोस् ।

  • सोमबार वा अन्य दिन उपवास गर्ने हो भने दुई दिन अगाडीबाट भोजनमा फल र तरकारी धेरै खान शुरु गर्नुपर्छ । अझै साउन महिनाभरी उपवास गर्ने हो भने विषेश तयारी गर्नुपर्छ ।
  • साउनमा उपवास बस्ने दुई तिन दिन अगाडीबाट धेरै अन्न खानुहोस् । उपवासको एक दुई दिनको पुर्व अगाडी रोटी, सलाद र तरकारी खाने र पछिल्लो समयमा फलफुलको सेवन गर्ने ।
  • यदि धेरै दिन सम्म साउनको उपवास गर्ने हो भने कागती पानी पिउनु पर्छ यस्ले भोकलाई नियन्त्रणमा राख्छ ।
  • निर्जल उपवास कहिल्यै पनि बस्नु हुँदैन । शरीरमा पानी नहुँदा शरीर भित्र नराम्रा चिजहरु बाहिर निस्कन पाउदैनन र शरीरमा धेरै प्रकारका रोग लाग्छन् ।
  • उपवासको समयमा खाली पेट राख्नु हुन्न । बिहान दुध पिउने, दिउसोमा फलफुल र जुस पिउनुपर्छ । बेलुका चिया पिउन सकिन्छ र रातमा सलादको सेवन गर्नुपर्छ र यदि साउन महिनाकम उपवासको क्रममा केवल एकपटक भोजन गर्ने हो भने एकैपटक धेरै भोजन गर्नु हुँदैन ।
  • उपवासको क्रममा मलद्वार सुख्खा हुने भएकोले त्रिफला, अमला, नास्पती र केराको सेवन गरी पेट सफा गरेर ठिक राख्नुपर्छ । उपवास गर्दा पिसाब पोल्ने, पेट पोल्ने, कब्जियत संक्रमण र पसिना आउने जस्ता समस्या उत्पन्न हुन्छ । त्यसैले पानी एकैपटक नपिएर एक–एक घन्टामा एक गिलास पानीमा कागती निचोरेर सेवन गर्नु उत्तम हुन्छ ।
  • उपवास बसेको दिन बिहान र बेलुका प्राणायाम गर्नु उपयुक्त हुन्छ । शारीरीक र मानसिक रुपमा आराम गरेर प्राणायाम गर्नु ठिक हुन्छ । उपवासको समयमा मौन बस्नु सर्वोत्तम मानिन्छ ।


प्रतिक्रिया दिनुहोस्