Logo

नागिन वर्षामा गर्भवती हुन्छिन्



पानी परेको समयमा सर्प बस्ने प्वालमा पानी भरिने भएकोले सर्पहरु बाहिर निस्कन्छन् । त्यसैले वर्षाको समयमा धेरै सर्प बाहिर देखिन्छन् । सर्पले जेठ र अषाढ महिनामा आफ्नो जोडी बाँध्ने गर्छन् । सर्पिणी वर्षा भएको समयमा गर्भ बसाएर चार महिना पछि कात्र्तिक महिनामा अन्डा दिने गर्छन् ।

  • भविष्य पुराणको अनुसार नागले जेठ र अषाढमा मैथुन गर्छन् । अथवा उक्त महिनामा नै गर्भधारण गर्छन ।
  • वर्षा ऋतुको चार महिना सम्म गर्भवती रहेर कात्र्तिक महिनामा अन्डा दिन्छन् । नागिनले एकपटकमा २४० वटा अन्डा दिन्छन् ।
  • नागले आफ्नो धेरै अन्डा आफै खान्छ । नागले खाएर रहेको जति अन्डा हुन्छन् त्यतिले मात्र वंश अगाडी जान्छ ।
  • सुत्ने समयमा डल्लो आकारको अन्डाबाट नाग जन्मन्छन भने लामो रेखा आकारको अन्डाबाट नागिन जन्मन्छन् । रातो भएको अन्डाबाट जन्मने नाग नपुंसक हुन्छन् ।
  • अन्डाबाट बाहिर निस्केको सात दिनमा बच्चाहरुको रंग कालो हुन्छ र २१ दिनपछि नागको आकार, रुपरंग र विष उत्पन्न हुन्छ । २५ दिनपछि धेरै विष उत्पन्न भइृ उसले डसेमा जो कसैको पनि मृत्यु हुन्छ ।
  • कुनै नागको जीवन १०० वर्ष भन्दा धेरै हुन्छ ।
  • सर्पको ४ विषाक्त गुण हुन्छ । जसको नाम मकरी, कराली, कालरात्री र यमदुती ।
  • सर्पले कसैलाई टोकेमा सबै विष झारीदिन्छ तब पेटको बल उल्टिन्छ । त्यसैले सर्पले टोकेको जो कोहि पनि जिवित रहन कठिन हुन्छ ।
  • सर्पको २४० खुट्टा हुन्छन् । जसलाई देख्न सकिन्न ।
  • भविष्य पुराणको अनुसार सर्पले टोकेर कसैको मृत्यु भएमा अर्को जन्ममा बिना विष भएको सर्प हुन्छ ।


प्रतिक्रिया दिनुहोस्