Logo

साउन महिनामा किन प्रयोग हुन्छ हरियो रंग



हरियो रंग साउन महिनामा विशेष महत्व छ, किनकी साउन महिना वर्षा ऋतुको महिना हो तथा सायनमा चारैतिर हरियाली छरिएको हुन्छ । हरियो रंगलाई खुशी र समृद्धिको प्रतिकको रुपमा मानिन्छ, धार्मिक रिती रिवाजमा हरियो रंग बिना गरेमा शुभकार्य अधुरो मानिन्छ ।

साउनमा हरियो चुरा लगाउँदा महिलाहरुको भाग्योदय हुने विश्वास रही आएको छ र समृद्धिको निशानी पनि भनिन्छ । धार्मिक मान्यता अनुसार यस महिनामा हरियो रंगको प्रयोग गर्दा र लगाउँदा भाग्य चम्कन्छ ।

जहाँ प्रकृतिको हरियो रंग देखिन्छ त्यहाँ मनले शान्ती र शीतलता महसुस गर्दछ । यो रंगले सुख शान्ती र स्फुर्ति उत्पन्न गराउँछ । हरियो रगले हाम्रो मन र बृद्धिमा फरक–फरक तरीकाले प्रभाव पार्छ । यसलाई बृद्धिको प्रतिकको रुपमा मानिन्छ र यस्ले स्वास्थ्यमा पनि राम्रो प्रभाव पार्छ ।

साउन महिनामा महिलाहरुले नाडीमा हरिया चुरा, मेहन्दी लगाउने गर्छन् । धर्मशास्त्र अनुसार हरियो रंग बुध ग्हका प्रतिक हो । बुध ग्रह व्यापार र भविष्यसँग जोडिएको हुन्छ । अतः हरियो रंग लगाउदाँ बुध प्रसन्न भएर आशीष दिन्छन् । प्रकृतिलाई ईश्वरको रुप मानिन्छ र पुजा पनि गरिन्छ ।

हरियाली वातावरणमा बसेर काम गर्ने व्यक्तिको रचनात्मक शक्ति बढ्छ । हरियो रंगले सकरात्मक उर्जा दिई तनाव भगाउने र डिप्रेशनबाट बचाउन मद्दत गर्दछ । यसलाई सौभाग्यको प्रतिक मानिन्छ । यो रंगले रोगी मानिसहरुलाई पनि छिटो ठिक पार्छ । यसले मानसिक शान्ती दिएर दिमाग सम्बन्धित समस्याबाट पनि राहत दिन्छ । हरियो रंग धेरै मानिसहरु मन पर्छ यो रंगले मानिसलाई प्रकृतिको नजिक लैजान्छ ।



प्रतिक्रिया दिनुहोस्