Logo

बुद्व शान्त पार्क निर्माणमा सहयोगको अपिल



समितिका पदाधिकारी र कलाकारहरू सम्मानित (फोटोफिचर)

काठमाडौँ, १७ साउन । श्री बुद्व शान्त पार्क निर्माण समितिले नवलपरासीमा निर्माणाधिन अवस्थामा रहेको बुद्व शान्त पार्कको निर्माणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चलगायत नेपाल सरकार र गैरआवासी नेपालीहरुबाट सहयोगको अपेक्षा राखेको छ ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित विचार गोष्ठी तथा सम्मान कार्यक्रममा समितिका पदाधिकारीहरूले शान्तिको प्रतिक मानिएको बुद्वको मूर्ती स्थापमा गर्न इच्छुक वर्गलाई तन, मन र वचनले आर्थिक सहयोग गर्न आग्रह गरेको छ । ३० रापनी जग्गमा निर्माण भइरहेको बुद्व पार्कमा महादेवको मूर्ति स्थापना भइसकेको छ । सोही क्षेत्रमा बुद्वको मूर्ति निर्माणाधिन अवस्थामा रहेको र पूर्णरुपले स्थापना गर्नका लागी सक्दौ सहयोगको आपेक्षा राखिएको छ । नेपालको प्रतिक र लाइट अफ एशिया गौतम बुद्व र हिन्दू धर्मको सर्वश्रेष्ठ मानिने महादेवलाई एक ठाउँमा स्थापना गरी सम्पूर्ण विश्वको ध्यान केन्द्रित गर्ने लक्ष्य समितिको रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि रिपोर्टर्स क्लबका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले बुद्व पार्क निर्माण गर्नेजस्तो पवित्र कामको थालनी गरेको भन्दै उक्त काममा सफलता प्राप्त हुने विश्वास दिलाए । उनले निर्माणाधिन बुद्व पार्कको स्थापना सफलतापूर्वक स्थापनाका लागि कामनासमेत गरे । उनले भने,‘बुद्व विश्व व्यापीरुपमा शान्तिको प्रतिक मानिएका छन् । बुद्वबारे तीन÷चार मिनेटमा वर्णन गरेर सकिँदैन् । आज विश्वमा बुद्धलाई नचिन्ने कोहीपनि छैन् । बुद्धको गरिमा र महत्व विश्वव्यापी रुपमा छ । बुद्वको सन्देश सबैले फलो गरेका छन् ।’

गौतम बुद्धको विचार र आदर्शलाई संरक्षण गर्नु सबै नेपालीको दायित्व भएको पनि धमलाले सम्झाए । उनले भने,‘बुद्वको विचार र तपश्यालाई विश्वले मानिरहेको छ । सम्पूर्ण क्षेत्रमा बुद्वको विषयमा छलफल हुने गर्दछ ।’
धमलाले मुलुक किन समृद्ध हुन सकेन ? भनेर चिन्तासमेत व्यक्त गरेका थिए । उनले प्रश्न गरे,‘नेपाल जहिल्यैपनि अस्थिरतामा किन रुमल्लियो ? किन नेपालमा विकास र समृद्वि आउन सकेन ?’

धमलाले बुद्वको शैलीलाई सम्पूर्णले जीवनमा आत्मसाथ गर्न आवश्यक रहेको बताए । अहिले नेपालमा कोरोना महामारीले त्रास फैलाइरहेको उनले बताए । उनले भने–‘यो महामारीको बेला तपाई÷हामी सम्पूर्णले सामाजिक दूरी कायम गर्नुपर्छ । आफैं सचेत रही सामाज र देशलाई जोगाउन जरुरी छ ।’

त्यसैगरी कार्यक्रममा त्रिशक्ति शिद्व बाबाले बुद्वको योगदानलाई मानिसहरुले अझैसम्म गाईरहेको चर्चा गरे । उनले भने,‘निर्माणाधिन अवस्थामा रहेको बुद्व पार्क सम्पन्न होस् । नेपालमा शान्ति कायम गर्न, सामाजको हितमा हुने कार्य र सामाज कल्याणका कार्यहरूमा मेरो सदैव साथ रहनेछ ।’

कलियुगमा धार्मिक शुद्विकरण गर्न अत्ति आवश्यक रहेकोपनि उनले औंलयाए । उनले भने,‘हामी अहिले पश्चिमी सभ्यतालाई आत्मसात् साथ गर्न लागिपरेको छौँ। यो गलत हो। हामीले हाम्रो धर्म र संस्कृतिलाई विस्तार गर्दै भरोसा गर्न जरुरी छ ।’ धार्मिक अतिक्रमणबाट जोगिनुपर्नेपनि उनले अर्को आवश्यकता आँैल्याए ।

विश्व यतिवेला अध्यातमवाद र भौतिकवादको संरचनामा चलिरहेको उनले बताए । दूवैलाई एक–अर्काको पुरक बनाएर अघि बढाउनुपर्नेसमेत उनले बताए । उनले विश्वमा सद्भाव फैलाउनु आजको आवश्यकत्ता भएको पनि चित्रण गरे ।

त्यसैगरी कार्यक्रममा पूर्व संस्कृतिमन्त्री दिनबन्धु अर्यालले निर्माण गरिरहेको समितिको कार्यप्रति गौरवान्वित महशुस गर्दै समितिलाई धन्यवाद दिएका थिए । अर्यालले निर्माणाधिन अवस्थामा रहेको बुद्व पार्क सकेसम्म छिट्टै सम्पन्न होस भन्ने कामनासमेत गरेका थिए । साथै, उक्त धार्मिक कार्यमा सम्पूर्ण मानिसले सक्दो सहयोग गरिदिन अपेक्षासमेत प्रकट गरे ।

त्यसैगरी कार्यक्रममा बुद्व पार्क निर्माण समितिका सभापति शान्त बहादूर शाक्यले समितिले गरिरहेको कार्यप्रति आफूहरु सन्तुष्ट रहेको भन्दै खुशी व्यक्त गरे । उनले प्रकाश पौडेललाई तेस्रो उपाध्यक्षमा नियुक्ति गरिएकोमा उनले हृदयदेखि खुशी व्यक्त गरे । उनले भने,‘हाम्रो यो पवित्र काममा सबैको साथ पाउने विश्वास छ । र, विशेषगरि विदेशमा रहने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको सक्दो सहयोगको अपेक्षा राखेका छौँ । पार्क निर्माणको काम छिट्टै सकिनेपनि म विश्वस दिलाउन चाहन्छु ।’

त्यसैगरी कार्यक्रममा समितिका सल्लाहकार डवल शाक्यले पनि उक्त पार्क निर्माणको लागि देश तथा विदेशमा रहेका सबैबाट सहयोगको अपेक्षा लिईएको स्पष्ट पारे । बुद्व पार्कको निर्माण सकेसम्म छिटो सकिने पनि उनले विश्वास दिलाएका छन् ।

कार्यक्रममा श्री शान्त बहादुर शाक्य (अध्यक्ष), श्री लोकेश कँडेल (वरिष्ठ उपाध्यक्ष), श्री उत्तमकुमार थापा (पहिलो उपाध्यक्ष), श्री शान्तराम शाही (दोस्रो उपाध्यक्ष), श्री प्रकाश पौडेल (तेस्रो उपाध्यक्ष), श्री प्रेमकुमार सुनार (महासचिव), अनिल तुलाधर (सचिव), श्री निर्मल रंजितकार (कोषाध्यक्ष), श्री सुनिता शाक्य (सह–कोषाध्यक्ष), श्री देवकुमारी खड्गी (सदस्य), श्री अञ्जना शाक्य (सदस्य), श्री अनु श्रेष्ठ (सदस्य), श्री उर्मिला तुलाधर (सदस्य), श्री गोपाल श्रेष्ठ (सदस्य), श्री पवन जोशी (लेखक÷निर्देशक), श्री प्रकाश दीप श्रेष्ठ (रचनाकार), मानिक सिद्वी तुलाधर (समाजसेवी), उत्तमरत्न शाक्य (समाजसेवी), डवल शाक्य (संगीतकार) इन्द्र खड्गी (समाजसेवी) र भूपेन्द्र शाक्य (नव कलाकार) लाइै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पत्रकार ऋषि धमलाको हातबाट खादा र ताम्रपत्रबाट सम्मानित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्