Logo

रुस कोरोना भाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षण सक्ने पहिलो मुलुक



एजेन्सी, १७ साउन । रुस कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन तयार गर्नेतर्फ लागेको छ । उसले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको क्लिनिकल परीक्षण सकेको छ । रुसी स्वास्थ्य मन्त्री मिखायल मुरास्कोले आज औपचारिक रुपमा यसबारे जानकारी दिएका हुन् ।

गामेलिया साइन्टिफिक रिसर्च इन्स्टिच्युट अफ इपिडिमिलोजी एन्ड माइक्रोबायोलोजीद्वारा विकास गरिएको भ्याक्सिनको क्लिनिकल परीक्षण सकिएसँगै यसको वैधानिक दर्ता प्रक्रिया बढाइएको मन्त्री मुरास्कोले बताए । रुसी समाचार संस्था तासले मुरास्कोको भनाई उदृत गर्दै भनेको छ, ‘गामेलिया सेन्टरद्वारा विकास गरिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको क्लिनिकल परीक्षण सकिएको छ, भ्याक्सिन दर्ताका लागि कागजपत्रको काम बढाइएको छ ।’

रुमिा अन्य दुई भ्याक्सिनको क्लिनिकल परीक्षण भइरहेको समेत जनाइएको छ । अबको आठ हप्ताभित्र क्लिनिकल परीक्षा गरिसक्ने जनाइएको छ ।

यसअघि रुस भ्याक्सिन उत्पादन गर्ने पहिलो देश बन्ने खुलिसकेको थियो । रुसले अगष्टको दोस्रो हप्ताभित्र उत्पादन गरेर प्रयोगमा ल्याउने जनाएको छ । रुस कोरोना भ्याक्सिन ल्याउने पहिलो देश बन्ने भएपनि यसलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिनुपर्नेछ । रुसभित्र भने खोपले मान्यता पाउने निश्चितप्रायः छ । उसले रुसी नागरिकमा अगष्टमै यसको प्रयोग गर्ने तयारी गरेको छ ।

सँसारभर क्लिनिकल परीक्षणमा सबैभन्दा अगाडि चारवटा कम्पनि रहेकोमा गेमिली पनि हो । गामेलियाबाहेक युरोपको अक्सफोर्ड आस्ट्राजेनेका, अमेरिकाको मोर्डना र पिफिजर कोरोना खोप विकासको दौडमा अगाडि छन् ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्