नेपाली कला क्षेत्रमा हाँस्यव्यंग्यको ईतिहास


उज्जल धमला ‘बिबस’ : नेपाली कला क्षेत्रमा हाँस्यब्यंगको ईतिहास निकै पुरानो छ । यस क्षेत्रमा काम गर्ने सयौं कलाकार छन्। तर लामो ईतिहास बोकेको यो क्षेत्र अहिलेसम्म गम्भीर बन्न सकेको छैन, सधै हल्काफुल्का विषयवस्तुमै अल्झिहेको छ। कुनैपनि समुदायको संवेदनामाथी प्रहार गर्नु शाारिरिक अबस्थालाई लिएर होच्याउनु नेपाली हाँस्यब्यंग्यको नौलो परिचय होइन । कुनै महिलाको बस्त्रमाथि प्रश्न गरेर हाँसोको खुराक बनाईदिन्छ। तर यस्ता बिषयमा क्रमिक रुपमा पछिल्लो समयमा निकै सुधार भएको देखिन्छ। आ–आफ्नो ठाँउबाट सबैजना गम्भीर हुन आवश्यक देखिन्छ।

केही समयअघि सामाजिक सञ्जालमा सरकारी नंम्बर प्लेटको मोटरसाईकलको पछाडी बस्ने एक महिलाले ढाड देखाएको तस्बिर भाईरल बन्यो। त्यही ढाड देखिनु नै उनी भाईरल हुने कारण बनिदियो। उनलाई उडाईयो यसको बिरुद्ध केही महिला अधिकारकर्मी उत्रिए। केहिले त ढाडको तस्बिर राखेर कपडा लगाउनुमा ब्यक्तिगत स्वतन्त्रता र छनोटको वकालत गरे। यसलाई पुरुषवादी सत्ताले निर्माण गरेको भाष्यको उपज ठान्छन् र यस्तै बिषय नै नेपाली कमेडिको केन्द्रीय बिषय हो । पुरानो देखि नयाँ पुस्ताका हाँस्यकलाकार कृयाशिल छन् । तर सामाजिक राजनितिक चेतसहित आफ्नो प्रस्तुति दिनेको सङ्ख्या भने असाध्यै न्यून छ । हाँसोको चाहना हाँसोको आवश्यकता मानिसका लागि प्राकृतिक चिज हो,।

जात र धर्मप्रति संबेदनशीलता उनीहरुको भावना बिचारमाथी ख्यालठट्टा नगर्न पनि सकिन्छ। तर हाँस्यब्यंग्य उद्देश्यसहितको कला हो। हँसाउन मात्र सोचियो भने त्यो आत्ममनोरन्जन हो। हाँस्यब्यंग्य त मनोरन्जनात्मक शैलिमा जनतालाई सुसुचित गराउने काम पनि हो, तर कुनै पनि बिषयलाई गम्भीर रुपमा नबुझी सतही पारामा बुझेर प्रस्तुतिहरु आईरहेका छन्। यस क्षेत्र लाई ठट्टाको रुपमा मात्र लिएको छ। यो बुझाई गलत हो पहिलाको गाईजात्रा, द्दिअर्थी शब्द र महिलाको बिषयमा हुन्थ्यो। त्यसपछि मधेसी आउथे । हसाउनका लागि सबै प्रहसन यही बिषय वरिपरि घुमिरहेका हुन्थे। अहिले कम हुँदै गएको देखिन्छ ।

Skip This

Omoda E5 Pro