Logo

अर्थभित्र माछाको जालो



काठमाडौं, २० साउन । देशमा तस्करहरुको साम्राज्य कति बलियो छ भन्ने कुरा दुई साताअघिको एउटा घटनाले देखाउँछ । नेपालमा प्रतिबन्धित रहेको माछा भन्सार र प्रहरीको मिलेमतोमा वर्षाैदेखि नेपालमा आयात र बिक्रि वितरण भइरहेको खुलेको छ ।

क्याटफिसका नामले चिनिने मगुर प्रजातिको माछा भारतबाट ठूलो मात्रामा नेपालमा आयात गरेर बिक्रि वितरण भइरहेको छ । गत ४ साउनमा सुनसरीमा मगुर प्रजातिको ७ हजार केजी जिउँदो माछा बरामद भएको छ । भन्सार छलीको आशंकामा रोकेर चेक गर्दा प्रतिबन्धित माछा आयात भइरहेको खुलेको हो ।

यस्तो माछा मांसाहारी भएको र यसले पर्यावरणमा असर पार्न सक्ने भएको यस्तो जिवित माछाको खरिद बिक्रि प्रतिबन्धित छ । यस्तो खोला तथा पोखरीमा राखेर पाल्दा उसले त्यहाँका अन्य जीव खाने भएकाले जिवित माछा बेच्न प्रतिबन्धित छ । अर्काेतर्फ यस्तो माछाको सेवनले स्वास्थ्यमा समेत असर पर्ने भन्दै नेपालमा आयात प्रतिबन्धित छ । विश्वका धेरै देशमा यो माछा प्रतिबन्धित छ । फोहोर खुवाएर हुकाईने भएकाले यस्तो माछा स्वास्थ्यका लागि हानिकारक रहेको स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन् । मगुर माछा सस्तो हुने भएकाले आयात र बिक्रि वितरण बढेको हो । भारतमै पनि कतिपय राज्यमा यस्तो माछा बिक्रिमा रोक लगाइएको छ । तर, नेपालमा भने खुलेआम तस्करी भइरेहको थियो । जसमा अर्थ मन्त्रालयकै समेत मिलेमतो पुष्टि भएको छ । किनकी मन्त्रालयले यस्तो धन्दामा साथ दिने विराटनगर भन्सारका कर्मचारीलाई नै संरक्षण गरेको छ ।

यस्तो माछा आयात गर्दा भन्सार समेत छली हुने गरेको पुष्टि भएको छ । विराटनगर भन्सार कार्यालयबाट पाँच हजार आठ सय केजी मूल्याङकन गरेर आयात गरिएकोमा प्रहरीले बरामद गरी चेकजाँच गर्दा सात हजार केसी रहेको खुलेको छ । यसरी जिवित माछा ल्याउँदा अनिवार्य रुपमा जाँच गुर्नपर्ने भएपनि जाँन नै नगरी आयात भएको पाइएको छ । एकातर्फ प्रतिबन्धित माछा आयात दिनु र अर्काेतर्फ भन्सार समेत छलीमा कर्मचारीले साथ दिंदा समेत छानबिन नहुनले यसमा अर्थ मन्त्रालयकै मिलेमतो प्रष्ट भएको छ । साथै सो तस्करी गर्ने व्यापारीलाई समेत प्रहरीले उन्मुक्ति दिएको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्