Logo

पाकिस्तानले गुजरातको भु-भागसहित नयाँ नक्शा जारी गर्यो



एजेन्सी, २० साउन । पाकिस्तानले भारतको गुजरातसहितको भु-भाग समेटेर नयाँ नक्शा जारी गरेको छ । उसले जम्मु काश्मिर र लद्दाखको भुभाग पनि नयाँ नक्शामा समेटेको छ । नक्शालाई आजै पाकिस्तानको मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ ।

नयाँ नक्शामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको गृहराज्य गुजरातको भुभाग पनि समेटिएको छ । गुजरातको जुनागढ, मानाभडार र सर क्रिक पनि नक्शामा समेटिएको हो ।

भारतले जम्मु काश्मिर र लद्दाखबारे आजभन्दा एक वर्ष अघि ५ अगष्टमा चालेको कदमको एक दिन अघि पाकिस्तानले नयाँ नक्शा जारी गरेको हो । त्यतिबेला भारतले उक्त क्षेत्रलाई दिदै आएको विशेष अधिकार खारेज गर्न त्यहाँको संवधानको धारा ३७० खारेज गरेको थियो ।

नयाँ नक्शा जारी गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले क्याबिनेट, विपक्षी र काश्मिरी नेतृत्वले समेत अनुमोदन गरेको बताएका थिए । उनले पत्रकार सम्मेलनमा पाकिस्तानी र काश्मिरी जनताको चाहना बमोजिम नक्शा जारी गरिएको बताएका थिए ।

यसैगरी, भारतले पाकिस्तानको पछिल्लो कदमको आलोचना गरेको छ । उसले यो कदमलाई हाँस्यापद भन्दै राजनीतिक नक्शालाई कथित भनेको छ । पाकिस्तानको पछिल्लो कदमले दुई देशबीच टकराव बढ्ने देखिएको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्