Logo

भारतका पेट्रोलमन्त्री धर्मेन्द्र प्रधानलाई कोरोना संक्रमण



एजेन्सी, २० साउन । भारतका पेट्रोलमन्त्री धर्मेन्द्र प्रधानलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । उनले आफू संक्रमित भएको ट्वीटमार्फत् जानकारी गराएका हुन् ।

मंगलबार ट्वीट गर्दै प्रधानले आफै मेदान्त अस्पतालमा भर्ना भएको बताएका छन् । भारतका गृहमन्त्री अमित शाह हिजो संक्रमित भई मेदान्तमा भर्ना भएका थिए । लगत्तै आज उनका अति निकट मानिने प्रधान पनि संक्रमित भएको पत्ता लागेपछि अस्पताल भर्ना भएका छन् ।-File Photo: Agency 



प्रतिक्रिया दिनुहोस्