एजेन्सी, २२ साउन । सँसारभर गाँजामा प्रतिबन्ध लगाउन हुन्न भन्ने बहस चलिरहेको छ । कतिपय देशमा प्रतिबन्ध फुकुवा भएको छ । नेपालमा पनि गाँजामा प्रतिबन्ध फुकुवाको बहस जारी छ । गाँजा कतिपय रोगको औषधी हो पनि । तर, यो कतिपय अवस्थामा स्वास्थ्यका लागि खतरनाक पनि हो ।
अमेरिकामा भएको एउटा अध्ययनले गाँजा पिउनाले मुटु, फोक्सो रक्तनलीमा हानी पुग्ने देखाएको छ । बुधबार अमेरिकन हार्ट एशोशिएन जर्नल सर्कुलेशनमा प्रकाशित अध्ययनले गाँजा र मुटुबीचको सम्बन्धबारे निष्कर्ष निकाल्दै असर गर्ने निष्कर्ष निकालेको छ । अध्ययन अनुसार गाँजाले मुटुमा असामान्य अवस्था ल्याउन सक्छ । मुटुलाई अक्सिजन बढी आवश्यकता पर्ने अवस्था आउन सक्ने भनिएको छ । छाति दुख्ने र हृदयघातको खतरा बढाउन समेत सक्छ ।




प्रतिक्रिया