Logo

कोरोना जोखिमले धमाधम जागिर जाँदा क्लासिक टेकले दिने भयो १६६ जनालाई जागिर



काठमाडौं, २३ साउन । कोरोना भाइरस कारण विश्वभर करोडौंले रोजगारी गुमाइरहेका छन् । नेपालमा पनि लाखौंले रोजगारी गुमाएका छन् । तर, नेपालमा एउटा कम्पनिले एकैपटक १६६ जनालाई रोजगारी दिने भएको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेक प्रालिले सेवा विस्तार र नयाँ शाखाहरु खोल्ने क्रममा एकसाथ १६६ जना कर्मचारी भर्ना गर्न आवेदन मागेको छ ।

कम्पनीले काठमाडौंका लागि कर्पोरेट रिलेसन अफिसरको रुपमा १० जना कर्मचारीको लागि आवेदन मागेको छ । अफिसरको योग्यता स्नातक तह उत्तीर्ण गरेका, सावरी चालक अनुमतिपत्र भएका र सेल्स एण्ड अपरेशनमा दुई वर्ष अनुभव भएको हुनुपर्नेछ ।

सेल्स एसोसिएट, एरिया सेल्स रिप्रिजेन्टेटिभ र फ्रन्ट डेक्स एसोसियट पदहरुका लागि ५०-५० जना कर्मचारी मागेको छ ।

काठमाडौं, बनेपा, पोखरा, विराटनगर, वीरगञ्ज, बुटवल, चितवन, हेटौंडा, इटहरी, धरान, विराटनगर, कावासोती, बर्दिवास, सिमरा, धुलिखेल र हाटियाका लागि कर्मचारी मागिएको हो । आवेदन दिन न्युनतम योग्यता प्लस टू पास गरेको हुनुपर्ने छ । सेल्स एसोसिएटको लागि फाइबर सपोर्टको अनुभव भएका, आफ्नै सवारी साधन र चालक अनुमतिपत्र भएकाहरुले आवदेन दिन सक्नेछन् ।

एरिया सेल्स रिप्रिजेन्टेटिभको लागि सेल्स र मार्केटिङमा एक वर्षको अनुभव भएको र आफ्नै सवारी साधन तथा चालक अनुमतिपत्र भएको हुनुपर्ने छ ।

फ्रन्ट डेस्क एसोसियट पदका लागि भने कस्टमर सर्भिसमा एक वर्षको अनुभव भएको र आफ्नै सवारी साधन तथा चालक अनुमतिपत्र भएको हुनुपर्ने छ ।

कम्पनीले सहायक शाखा प्रमुख पदको लागि पनि आवेदन माग गरेको छ । काठमाडौं, बनेपा, पोखरा, कावासोती, नेपालगञ्ज र धादिङ गरी कुल ६ जनाका लागि यसमा आवेदन माग भएको हो । सेल्स एण्ड अपरेसनमा तीन वर्षको अनुभव भएको, स्नातक उत्तीर्ण भएको, आफ्नै सवारी साधन र चालक अनुमतिपत्र भएका व्यक्तिले आवेदन दिनसक्ने छन् ।



प्रतिक्रिया दिनुहोस्