Logo

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी : राष्ट्रपति भण्डारी



काठमाडौं, २३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमहरू र यसका लागि अपनाएका उपायहरू प्रभावकारी रहेको स्पष्ट पारेकी छिन् । यद्धपी बन्दाबन्दीको कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्ने लगायत निजी क्षेत्रका उद्योग व्यवसायमा काम गर्ने श्रमिकहरूले रोजगारी गुमाउनु परेकोमा भने राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरेकी छिन् ।

शुक्रबार राष्ट्रपति भवनमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालबाट नोबल कोरोनाभाइरस (कोभिड-१९) महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले हालसम्म गरेका कामका बारेमा जानकारी लिने क्रममा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

त्यस्तै, हालैका दिनहरूमा संक्रमितहरूको संख्या बढेकोमा राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले कोरोनाभाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्डहरू सबैबाट पालना गरिनुपर्ने कुरामा जोड दिएकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्