Logo

तत्काल पठपनपाठन गराउन असम्भव : मन्त्री पोखरेल



मुकुन्द कालिकोटे : काठमाडौं, २४ श्रावण । शिक्षा  विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल  विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपन–पाठन गराउन सम्भव नभएको स्पष्ट पारेका छन् ।

सिंहदरबारमा हिजो (शुक्रबार) बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा मन्त्री पोखरेलले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपन–पाठन गराउन असम्भव भएको स्पष्ट पारेका हुन् । मन्त्री पोखरेलले बिकल्प खोज्न सरकार आन्तरिक अध्ययनमा लागेको जानकारी दिए । मन्त्री पोखरेलले भने, यस बर्षको शैक्षिकसत्र खेर जान नदिने गरी सरकारले विभिन्न तहका परीक्षा लिने र पठन–पाठन गराउने विषयमा विज्ञसँग सल्लाह लिएका छौं  ।

मन्त्री पोखरेलले सामुदायिक विद्यालयका शिक्षकलाई आफू कार्यरत विद्यालयमा पुगेर पठनपाठनको नयाँ विकल्पअनुसार काम गर्न पनि आग्रह गरे ।  उनले सबै शिक्षकलाई साउन मशान्तभित्र विद्यालयमा पुग्न पनि आग्रह गर्दै त्यसका लागि सरकारले समन्वय गर्ने बताए । वर्तमान अवस्था असामान्य रहेकाले असामान्य ढंगले नै सिकाइ र बुझाइका मान्यताहरुलाई विकास गर्नुपर्ने आवश्यकता रहेको मन्त्री पोखरेलको भनाई थियो ।

बैठकमा समिति सदस्यहरुले पठन–पाठन बन्द हुँदा लाखौं विद्यार्थी प्रभावित भएको भन्दै यसको बैकल्पीक व्यवस्थाबारे प्रश्न गरेका थिए । बैठकमा सांसद खगराज अधिकारीले बैकल्पीक रुपमा शिक्षाप्रणालीलाई अघि बढाउन स्थानीय तहसंग केन्द्र सरकारले समन्वय गर्नुपर्ने धारणा राखे ।

उहाले बिद्यार्थी कम भएका बिद्यालयलाई मर्जरमा जानुपर्ने सुझाव दिनुभयो । त्यस्तै सांसद जीवनराम श्रेष्ठले नेपालको भौगोलिक अवस्थालाइ हेरेर बिभिन्न बिकल्पमा शैक्षिक सत्र सुरु गर्ने बिकल्पमा जान सरकारलाई सुझाव दिएका थिए । त्यस्तै अधिकांश सांसदहरुले कोरोनाकै कारण यस बर्षको शैक्षिकसत्र खेर जान नदिने गरी सरकारले बिभिन्न बिकल्पका साथ शैक्षिकसत्रलाई अघि बढाउन सुझाव दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्