Logo

उपत्यकाका तीन जिल्लामा हिँड्डुलमा थप कडाइ



मुकुन्द कालिकोटे : काठमाडौं, २४  श्रावण । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन् ।
तीन जिल्लाका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले जोखिम बढेको भन्दै नियमित काम बन्द गर्ने निर्णय गरेको हो ।

तीन जिल्ला प्रशासनहरुले अन्य कार्यालयहरूको हकमा भने सम्बन्धित कार्यालयले नै निर्णय गर्ने समितिको भनाई छ । जिल्ला समन्वयन समिति काठमाडौंमा भएको संयुक्त छलफलले निजी क्षेत्र तथा अन्य कार्यालयलाई पनि भीडभाड र चहल पहल कम हुने गरी काम सञ्चालन गर्न आग्रह गरेको जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले जानकारी दिए।

यस्तै बैठकले सरकारले लागू गरेको सवारी साधानमा जोर–बिजोर तथा हिँड्डुललाई थप कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ ।  बैठकले काठमाडौं प्रवेशलााई कडाई गर्ने, भीडभाड हुने स्थानमा सूचना जारी गर्ने, स्थानीय तहलाई क्वारेन्टाइन बढाउन आग्रह गर्ने निर्णय गरेको राजबैद्यले जानकारी दिए । उनले भने,’काठमाडौं उपत्यकामा आइशोलेशन बढाउन सिसिएमीलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।’

बैठकले काठमााडौंभित्रका चाडपर्व सुरक्षित तवरले मनाउन पनि आग्रह गरेको छ । कोरोना संक्रमित बढ्दै गएपछि सरकारले उपत्यकामा सवारी साधानमा जोर–बिजोर प्रणाली लागू गरेको छ । यस्तै राति ९ बजे पछि बिहान ५ बजेसम्म हिँड्डुल तथा सवारी साधान सञ्चालन गर्न पनि बन्द गरेको छ ।



प्रतिक्रिया दिनुहोस्