Logo

बाँस्कोटाको दाबी : ‘नेकपा झगडाको ओखती काठमाडौंमा नपाईने भो जस्तो छ’



काठमाडौं, २४ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले पार्टीभित्रको झगडाको ओखती काठमाडौंमा नपाईने टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत बाँस्कोटाले यस्तो बताएका हुन् ।

ट्विटरमा उनले लेखेका छन्,’०५४को झझल्को पो आउन थाल्यो त नेकपामा।बरु कोरनाको ओखती फेला पर्ला नेकपा झगडाको ओखती कमसेकम काठमाडौंमा चै नपाइने भो जस्तो छ।बिहान मिलेको कुरा बेलुका भत्काइ दिने कन्ट्रोल कक्ष कहाँ रहेछ।’

पार्टीभित्रको विवाद बढिरहेको बेलामा ओलीनिकट मानिने नेता बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् । साउन १३ गतेदेखि स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित् भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमतिको लागि यो बीचमा दुई तीन पटक वार्ता भएको थियो । तर, ठोस सहमति हुन सकेको छैन् । file photo



प्रतिक्रिया दिनुहोस्