Logo

साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको चहलपहल (फोटोफिचर)



काठमाडौं, २६ साउन । आज साउनको अन्तिम सोमबार। बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरिका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गरेको छ। पशुपतिनाथ मन्दिरमा पनि भीड लागेको छ।

 

साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा–आराधना गरेमा मनोकाङ्क्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ। कति भक्तजन भने भजनकीर्तनसहित नाचगान गरेर रमाइलो गरिरहेका छन्। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्