काठमाडौं, २७ साउन । जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले कृषिमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुषालले नेकपा बचाउन सिफारिश गरेको औषधी चौथो चरणको क्यान्सर रोगीलाई सिटामोल सिफारिश गरेजस्तो लागेको टिप्पणी गरेका छन् । उनले सिकिस्त नेकपा सिंगो बचाउने प्रयत्न गर्नुको सट्टा सद्दे अंगहरूलाई बेलैमा दान गरेर वैकल्पिक शक्ति निर्माणमा योगदान गर्नु श्रेयस्कर हुने सुझाव दिएका छन् ।
मन्त्री@gsbhusalले नेकपा बचाउन सिफारिस गरेको औषधी चौथो चरणको क्यान्सर रोगीलाई सिटामोल सिफारिस गरेजस्तो लाग्यो।सिकिस्त नेकपा सिंगो बचाउने प्रयत्न गर्नु सट्टा सद्दे अंगहरूलाई बेलैमा दान गरेर वैकल्पिक शक्ति निर्माणमा योगदान गर्नु श्रेयस्कर होला!नयाँ समाजवादी ध्रुवीकरण पो ठीक होला त! https://t.co/LUM1LSK6jU
— Baburam Bhattarai (@brb1954) August 10, 2020
सामाजिक सञ्जाल ट्विटरमार्फत पूर्व प्रधानमन्त्री भट्टराईले मन्त्री भुषालले हालै कान्तिपुर पत्रिकामा लेखेको ‘नेकपा ः बाँच्नको लागि एक मात्र बाटो’ शीर्षकको लेख शेयर गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्,‘मन्त्री @gsbhusal ले नेकपा बचाउन सिफारिस गरेको औषधी चौथो चरणको क्यान्सर रोगीलाई सिटामोल सिफारिस गरेजस्तो लाग्यो।सिकिस्त नेकपा सिंगो बचाउने प्रयत्न गर्नु सट्टा सद्दे अंगहरूलाई बेलैमा दान गरेर वैकल्पिक शक्ति निर्माणमा योगदान गर्नु श्रेयस्कर होला!नयाँ समाजवादी ध्रुवीकरण पो ठीक होला त! file photo




प्रतिक्रिया