Logo

के गर्ने त भावीले अरब अरबै चलाउन लेख्दया छ रे! : गोकुल बाँस्कोटा



काठमाडौं, २७ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा पूर्वमन्त्री एवम् सांसद गोकुल प्रसाद बाँस्कोटाले आफूलाई भावीले नै अरब अरबै चलाउन लेखिदिएको त्यो पनि काभ्रेलीका नाममा भन्ने टिप्पणी गरेका छन् । आज (मंगलबार) अपरान्ह काभ्रेको पनौती १ चिसापानीमा पुगेर एक तस्विर राख्दै पूर्वमन्त्री बाँस्कोटाले यस्तो लेखेका हुन् । तस्विर हेर्दा उनी त्यहाँ कुनै आयोजनाको निर्माणस्थलको स्थलगत अध्ययनको लागि पुगेको थाहा हुन्छ ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्,‘वर्षायाममा कुहिराे र हिउँदमा न्यानो घाम अनि आँखैमा छ्याङ्ग खुलेकाे हिमाल ठाेक्किन आईपुग्ने पनाैति १ चिसापानीमा पनि केही त हुन्छ हुन्छ जस्ताे पाे लाग्दैछ त।मिठाे प्रतिफलकाे शिघ्र प्रतिक्षामा !! साथीहरुकाे मनै त्यस्ताे क्या ! कराेडतिर मनै जादैन मेराे।रिस गर्ने रिसैले जलन। याेजना त दुईचार अरबकै हाे। के गर्ने त भावीले अरब अरबै चलाउन लेख्दया छ रे!काभ्रेलीका नाममा।’



प्रतिक्रिया दिनुहोस्