Logo

कोरोना संक्रमण जितेका सांसद यादवले लेखे यस्तो स्टाटस



काठमाडौं, २७ साउन । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले १२ दिनपछि कोरोनालाई जितेका छन् । १२ दिनपछि दोस्रो पटक कोरोना जाँच गराउँदै नतिजा नेगेटिभ आएको जनाएका छन् । यादवले आफू वीरगन्जस्थित् आफ्नो घरभित्र आईलोलेट भएर आत्मअनुशासन कायम गरी सुरक्षित रुपले बसेको र चिकित्सकले दिएको सल्ला र सुझावअनुसार चलेकोले कोरोनालाई जित्न सफल भएको जानकारी गराएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत यादवले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति उनले आभारसमेत व्यक्त गरेका छन् ।

                                हेरौं यादवले फेशबुकमा के लेखेका छन् ?

आज मैले १२ दिन पछि दोस्रो पटक PCR जाँच गराउंदा कोरोना नेगेटिव देखिएको जानकारी गराउन चाहन्छु।म बिरगंज स्थित आफनो घरभित्र आइसोलेट भएर आत्मअनुशासन क़ायम गरि सुरक्षित रूपले बसी डाक्टरले दिएको सल्लाह सुझाव अनुसार चलेकोले कोरोनालाई जित्न सफल भएको छु ।कोरोनाको यो जंग सर्वशक्तिमान परमेश्वरको कृपा,माता पिता तथा अभिभावकों आशीर्वाद मेरो प्राण भन्दा प्यारो सम्मानित जनताको प्रार्थना साथी भाई ईस्ट मित्र को प्रेरणा र मेरा शुभचिन्तक एवं मतदाता को कामनाले कोरोना को यो जंग जितेको छु तर पनि संक्रमित सुरक्षा नियम अनुसार र डाक्टर को सलाह र निर्देशन बमोजिम अझपनि सात दिन सम्म आइसोलेट भएर बस्नु पर्ने भएको हुन्नाले म घरमै होम आइसोलेसन मा रहने भएको छु |

कोरोना संग को यो लडाई मा स्वास्थ्यलाभ को कामना गर्ने, माया गर्ने सम्पूर्ण देशबासी क्षेत्र लगायत अन्य सम्पूर्ण जनतामा आभार व्यक्त गर्दछु | विश्वभरि नै फैलिएका यस महामारी को चपेट मा जो कोइ पनि पर्न सक्ने भएको हुन्नाले सके सम्म सामाजिक दुरी कायम गरौ अनावश्यक बाहिर नजाउ अनि मास्क र सनिटाईजर को प्रयोग गरौ, कोरोना लाग्दै मा भयभित न बनौ उच्चमनोबल राखी एकार्का प्रति माया सद्भाव राखेर स्वयम्अनुशासित भएर डाक्टर को सलाह बमोजीम नियमित कार्य गर्यौ भने हामी सम्पूर्ण ले कोरोनालाई जित्ने विश्वास राखेको छु | साथै कोरोना महामारी को चपेट मा आई ज्यान गुमाउने सम्पूर्णमा भावपूर्ण श्रधांजलि प्रकट गर्दै पुण्य आत्मा को चिर शान्ति को कामना गर्दछु। साथै परिवारजन मा धर्याधारण राख्न हिम्मत इश्वर ले प्रदान गरुन साथै सम्पूर्ण कोरोना संक्रमितहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दा छु |
यो विश्वभरि फैलिएको महामारीलाई हामी सम्पूर्ण देशवासीले एकजुटता भइ सामाजिक दुरी र पूर्ण सावधानी अपनाई हराउने छौ भने विश्वास लिएको छु साथै छिटै मानवजाति माथि आएको यो संकट कोरोना महामारी छिटै समाप्त होस् भन्ने आज पवित्र श्रीकृष्ण जन्‍माष्‍टमीको विशेष अवसरमा इश्वर संग प्राथना गर्दछु |



प्रतिक्रिया दिनुहोस्