Logo

चौधरी फाउण्डेशनद्वारा सरकारलाई ८ वटा भेन्टिलेटर प्रदान



काठमाडौं, २७ साउन। मुलुककै सबैभन्दा ठूलो औद्योगिक घराना चौधरी ग्रुपको चौधरी फाउण्डेसनले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्वास्थ्य तथा जनसख्यामन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई ८ वटा भेन्टिलेटर प्रदान गरेको छ ।

आज (मंगलबार) चौधरी ग्रुपका डाईरेक्टर निर्वाण चौधरीले मन्त्री ढकाललाई ८ वटा भेन्टिलेटर हस्तान्तरण गरेको चौधरी फाउण्डेशको फेशबुक पेजमार्फत जनाईएको छ । कोभिड–१९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटर सहयोग गर्न पाएकोमा चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीले खुशी व्यक्त गरेका छन् ।

उनले विपतका बेला चौधरी फाउन्डेसनले सधैं समाजसँग सहकार्य गर्दै आएको जनाउँदै लेखेका छन्,‘यसअघि फाउन्डेसनले पहिलो, दोस्रो र तेस्रो चरणमा गरी मुलुकभरका ११९ स्वास्थ्य संस्थामा व्यक्तिगत सुरक्षा सामग्री, एन९५ मास्कसँगै सरकारलाई १००० थान पीसीआर रिएजेन्ट सहयोग गरेको थियो ।’



प्रतिक्रिया दिनुहोस्