Logo

वरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला



काठमाडौं, २८ साउन । तीन दिनदेखि हराइरहेका वरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । उनको शव सिस्नेरीस्थित माण्डो हाइड्रोपावरको फिल्टरमा फेला परेको प्रहरीले पुष्टि गरेको छ ।

बल्खुमा जुत्ता भेटिएको आधारमा उनको खोजी भएको थियो । २६ साउनबाट घर नपुगेपछि खोजी भइरहेको थियो । नभेटिएपछि आज प्रहरीमा लिखित उजुरी दिइएको थियो । यसैका आधारमा प्रहरीले आज विहानैबाट खोजीका क्रममा मोबाइलको अन्तिम लोकेशन समेत पत्ता लगाएको थियो । बागमती नदीमा खोज्दै जाने क्रममा उनको शव हाइड्रोपावरको फिल्टरमा भेटिएको थियो ।

बानियाँको शव अहिले हेटौंडा अस्पतालमा पोष्टमार्टमका लागि पुर्याइएको छ । उनको शव भेटिएको स्थान मकवानपुर जिल्लामा पर्छ ।

कान्तिपुर दैनिकका सहायक-सम्पादक बानियाँ मुलधारको मिडियामा निरन्तर सक्रिय रहँदै आएका थिए । उनले नागरिक दैनिकमा पनि केही समय काम गरेका थिए । उनी शान्त स्वभावका पत्रकारका रुपमा परिचित छन् । तनहुँ घर भएका बानियाँ पछिल्लो समय काठमाडौंमा स्थायी रुपमा बस्दै आएका थिए ।

उनको शव भेटिएपछि घटनाको अनुसन्धान अगाडि बढाइएको छ । खोजमुलक पत्रकारितामा विशेष दख्खल राख्ने बानियाँ राजनीतिक र संसदीय मामलामा लामो समयदेखि कलम चलाउँदै आएका थिए ।-Photo Source: FB Page



प्रतिक्रिया दिनुहोस्