Logo

एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ



काठमाडौं, २९ साउन । पश्चिम नवलपरासी जिल्लाको प्रतापुर गाँउपालिका ५ बसहीयाबाट साउन २७ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही ठाउँ बस्ने ३५ बर्षिय धाहारी ओईरीलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल अस्थायी सुरक्षा बेस भैरमपुरबाट खटिएको एपीएफ टोलीले निज ओईरीलाई जाँच गर्दा उनको साथमा वीन स्पास्मो फोर्ट ट्याब्लेट दुई सय ८८ वटा, स्पास्मो प्रोक्सिभन प्लस ट्याब्लेट एक सय ४४ वटा र ओनारेक्स १९ बोतल फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज ओईरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । यसैगरी बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ३ स्थित मुसर्हवा नाकाबाट साउन २८ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित पर्सा जिल्लाको बीरगंज उपमहागनरपालिका १६ नगवा बस्ने १९ बर्षिय सनिलकुमार साहलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको एपीएफ टोलीले निज साहलाई शंका लागि जाँच गर्दा उनको साथमा वीन सिरेक्स एक बोतल र नाईट्रोभेट ट्याब्लेट नौ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज साहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्