Logo

महालक्ष्मीको यो सडक हो कि खाडल



ललितपुर, २९ साउन । यो महालक्ष्मी नगरपालिकामा पर्ने ग्वार्को-लामाटार सडकखण्ड अन्र्तगत सिद्धिपुरमा पर्ने सडक हो । विगत एक महिना देखि यो सडकमा गहिरो खाडल परेको छ । दैनिक गुड्ने सवारी भाँस्सिने र जाम हुने क्रम बढेको छ । दुर्घटनाको खतराले सर्वसाधारण त्रसित छन् ।

सडकमा गहिरो खाडल जमेको जनप्रतिनिधि देखि जिम्मेवार निकायका व्यक्तिहरुले देखिरहेका छन् । तर, सडक मर्मत गर्नेतर्फ कुनै ध्यान गएको छ । केही दिन अघि ग्राभेल हालेर खाल्डो पुर्न खोजेपनि जस्ताको तस्तै हुने एक हप्ता पनि लागेन । यसले सर्वसाधारण चिन्तित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्