Logo

गोंगबु हत्या प्रकरणः टाउको फेला पार्ने कुकुरले घटनास्थल किन पत्ता लगाउन सकेन



काठमाडौं, २९ साउन । गोंगबुमा कृष्णबहादुर बोहराको हत्या गरी टाउको, खुट्टा र जीउको भाग अलग गरी सुटकेश र झोलामा फाल्दा तालिमप्राप्त कुकुरको प्रयोग भयो । शुरुमा सुटकेशमा शरीर फेला परेकोमा टाउको र खुट्टा फेला पार्न कुकुरले सफलता हासिल गर्यो ।

शरीर फेला पार्न कुकुरले सुघ्ने क्षमताबाट सफलता हासिल भएको थियो । तर, घटनास्थल नजिकै भएपनि उसले हत्या भएको घर पत्ता लगाउन सकेन । २४ साउनमा हत्या गरी फालिएको बोहराको शव २५ साउनमा पत्ता लागेको थियो । तर, २६ साउनमा मात्र अभियुक्त कल्पना मुडभरीबारे पत्ता लागेको थियो ।

मुडभरी घटनास्थलबाट केही सय मिटर टाढाको घरभाडामा बस्थिन् । उनले अपरेशन जो जो का क्रममा आफू बसेको कोठाबाट समेत हेरेकी थिइन् । तर, कुकुरले पत्ता लगाउन सकेन । कारण हो रातभर पानी पर्नु । पानीले गन्ध बगाएको कारण कुकुरले पत्ता लगाउन सकेन । अभियुक्त अनुसन्धान भइरहँदा एम्बुलेन्स डाकेर चितवनस्थित घर पुगेकी थिइन् । आइतबार राति पुगेकी मुडभरीलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Photo: Mukunda Kalikote/Reportersnepal



प्रतिक्रिया दिनुहोस्