Logo

सभापतिले आफुलाई जे मन पर्यो त्यही गर्दै जाने हो भने त महाधिवेशन निश्पक्ष हुनसक्दैन : पौडेल



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको र उसले गरेका कामकारबाहीबाट आफूहरु एकदम धेरै असन्तुष्ट रहेको स्पष्ट पारेका छन् । उनले सरकार अस्पताल बनाउनुको सट्टा मन्दिर बनाउन लागिरहेकोमा पनि आलोचना गरे । शुक्रबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ नेता पौडेलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:

देशमा कोरोनाको संकट छ, कांग्रेस पनि झगडामा मस्त, व्यस्त छ ?

कोरोना संकटको विषयमा नेपाली कांग्रेस गम्भीर छ । हामीले सरकारलाई ध्यानाकर्षण गराउने काम विभिन्न समयमा गर्दै आएका छौँ । हामी सरकारको काम कारबाहीबाट एकदमै धेरै असन्तुष्ट छौँ । सरकारले कुनै पनि कुरा कोरोनासँग सम्बन्धित विषयलाई अगाडि बढाउन सकेन । यत्रो लामो समयसम्म लकडाउन ग¥यो तर सरकारले कुनै पनि तयारी गरेन । सरकार अस्पताल बनाउनको साटो मन्दिर बनाउन लागिरहेको छ । सरकारको प्राथमिकतामा नै कोरोना परेन । सरकारको पार्टी सत्तारुढ दलभित्रकै झगडाले यसलाई ठुलो असर ग¥यो । नेपाली कांग्रेसभित्र समस्या, झगडा छैन भनेर मैले भनिरहेको छैन । कोरोनाका विषयमा सरकारसँग हामीले धेरैपटक बारम्बार कुरा उठायाँै, तर सरकारले कोरोनालाई प्राथमिकतामा राखेर काम गर्न सकेन । यस विषयमा सरकार पूर्ण रूपमा असफल देखियो ।

रामचन्द्र पौडेलले विभागहरू सबै खारेज हुनुपर्छ भनिरहनु भएको छ । पार्टी सभापतिले धमाधम गठन गरिरहनु भएको छ । तपाईहरू कहाँ हुनुहुन्छ ?

पार्टी विधानले चल्ने हो । हामीले विधानमा मनोनीत हुनुभएका साथीहरू अयोग्य भए भनेर भनेको होइन । उहाँहरूले अवसर पाउनुभयो, त्यसमा पनि हाम्रो आपत्तिको विषय होइन । हाम्रो आपत्तिको विषय के हो भने यो चार वर्षभित्रको कार्यकालभित्र विभाग गठन गरेको भए पनि हामी त्यसलाई स्वीकार गर्न सक्थ्यौँ तर केन्द्रिय महाधिवेशनको कार्यतालिका आइसकेपछि, ४ वर्षे कार्यकाल सकिसकेपछि महाधिवेशनलाई प्रभाव पार्ने गरी जसरी विभाग गठन गरियो, त्यसले विधानको मर्यादा, व्यवस्थालाई कुल्चियो । यो कुनै प्रचलित विधान, कानुन, परम्पराअनुसार पनि छैन । यो सिधै महाधिवेशनलाई प्रभावित गर्ने ढंगले आएको देखिन्छ । विधानको सीमाभित्र नबस्ने हो भने त कसरी महाधिवेशन हुन सक्छ ? सभापति भएकै कारणले, शक्ति भएकै कारणले आफुलाई जे मन प¥यो, त्यही गर्दै जाने हो भने त महाधिवेशन स्वतन्त्र र निष्पक्ष हुनसक्दैन ।

सभापतिले ख्याल गर्नुभएन र तपाईहरूको मागलाई सम्बोधन गर्नुभएन भने तपाईहरू कस्तो कदम चाल्नुहुन्छ ?

यो राजनीतिक विषय हो, यो कुस्ताकुस्ती गर्ने विषय होइन । राजनीतिक विषयमा तर्क गर्ने हो । विधि र विधानअनुसार छ या छैन भनेर प्रस्तुत गर्ने हो । यो विधानअनुसार छैन भनेर हामीले भनिरहेका छौँ । कांग्रेसभित्र विवाद बढ्ने कुराले कति मद्दत गरेको छ । यो विषयलाई पार्टीको मूल नेतृत्वले ख्याल गर्न जरुरी छ भन्ने मलाई लाग्छ । विधानमा नै व्यवस्था नभएको व्यवस्थालाई ल्याएर थप विवादमा पार्टीलाई पु¥याउने कुरा स्वभाविक हुन सक्दैन । त्योबारेमा मुख्य नेतृत्वमा रहेका व्यक्ति नै जिम्मेवारी हुनुपर्छ भन्ने मलाई लाग्छ । हामी निरन्तर बहस गर्छौँ । विधिभित्र पार्टी चल्नुपर्छ भन्ने मान्यता स्थापित गर्नका लागि हामीले यसलाई बहसका रूपमा अगाडि लिएर जान्छौँ । निरन्तर रूपमा दबाब दिएर हामी यसलाई सच्याउने कोशिस गर्छौँ ।



प्रतिक्रिया दिनुहोस्