Logo

सामाजिक अभियन्ता सर्मिला वाइवालाई धम्की



काठमाडौं, ३० साउन । सामाजिक अभियन्ता सर्मिला वाइवालाई धम्की आएको छ । उनले पछिल्लो समय गोंगबु हत्या प्रकरणबारे अभिव्यक्ति दिएको भन्दै धम्की आएको हो ।

गोंगबुमा अस्थायी रुपमा बस्दै आएकी वाइवाले त्यस क्षेत्रका केही स्थानीयले धम्की दिएको बताएकी छिन् । उनले भनिन्, ‘मलाई घटनाबारे किन बोलेको भनी धम्की आएको छ ।’ उनले हालैमात्र विभिन्न मिडियामा हत्याकी अभियुक्त कल्पना मुडभरीलाई चिनेको बताएकी थिइन् । उनले टोलवासीले पनि धेरै तथ्य लुकाएर प्रहरीलाई अनुसन्धानमा असहयोग गरेको भन्दै आलोचना गरेकी थिइन् ।

सर्मिला पछिल्लो समय आर्थिक संकटले स्वास्थ्योपचार गर्न नपाएका, लकडाउनमा दैनिक जिविकोपार्जन गर्न कठिनाई भोगिरहेका र अप्ठ्यारोमा परेका बालबालिकालाई सहयोग गर्दै आएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्