Logo

पाकिस्तान दुतावास अगाडि विरोध प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप



मुकुन्द कालिकोटे : काठमाडौं, ३० साउन । राष्ट्रिय एकता अभियानले काठमाडौँको महाराजगंज स्थित पाकिस्तानी दुतावास अगाडि प्रदर्शन गरेको छ।
पाकिस्तानको ७४औं स्वतन्त्रता दिवसको अवसरमा दुतावास अगाडि पुगेर राष्ट्रिय एकता अभियानका सदस्यहरुले हिन्दू र बौद्ध धर्मावलम्बिहरुमाथि भइरहेको हिँसा बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।

राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवका अनुसार शुक्रबार दिउँसो एक बजे पाकिस्तानी राजदुतावास महाराजगंज पुगेर विरोध प्रदर्शन गरिएको हो । पाकिस्तानी सरकारले हिन्दु, बौद्ध धर्मावलम्बीहरुमाथि गरेको ज्यादती र हिँसालाई रोक्न कुनै पनि कदम नचालेको अभियानका संयोजक यादवको भनाई छ।

संयोजक यादवले भने, ‘पाकिस्तानले आज आफ्नो ७४औं स्वतन्त्रता दिवस मनाई रहेको छ। यसै अवसरमा हामीले उक्त देशमा रहेका हिन्दू र बौद्धहरुमाथि मुस्लिम धर्मावलम्बीहरुले हिँसा गरिरहेको छन्, मन्दिरहरु तोडफोड गरिरहेका छन्, बलजफ्ति विवाह गर्ने र धर्म परिवर्तन गराउने काम गरिरहेका छन् तर, पाकिस्तानी सरकार मौन छ।

उनले अगाडि भने, ‘करिब ४० वर्ष पहिले पाकिस्तानमा ३० प्रतिशत हिन्दूहरु थिए, आज एक प्रतिशत पनि हिन्दू धर्मावलम्बीहरु छैनन्,  यतिका धेरै हिन्दु धर्ममान्ने मान्छेहरु अहिले कहाँ गए, कहाँ छन्, धार्मिक सहिष्णुता कायम गर्दै सबै धर्मावलम्बीहरुलाई समान अधिकार दिन हामीले  नेपालस्थित पाकिस्तानी राजदूतावास अगाडि प्रर्दशन गरेका हौं।’

यादवले विरोध प्रदर्शनका क्रममा नेपाल प्रहरीले आफूहरुमाथि धरपटक गरेको, व्यानर, प्लेकार्डहरु खोसेर लगेको आरोप लगाए । पाकिस्तानले शुक्रबार अर्थात अगष्ट १४ मा स्वतन्त्रता दिवस मनाएको मनाउँदै छ भने, भारतले शनिबार अगष्ट १५ तारेकमा आफ्नो ७४औं स्वतन्त्रता दिवस मनाउने तयारी गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस्