Logo

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त



काठमाडौं, ३० भदौ । लेखनाथ कोइराला नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले कोइरालालाई आज निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । कोइराला प्राधिकरणको १२औं तहका कर्मचारी हुन् । मन्त्री पुनका प्रेस सल्लाहकार दयानिधि भट्टका अनुसार कोइरालालाई वरिष्ठताका आधारमा उक्त जिम्मेवारी दिईएको हो । उनले भने,‘यसअघि कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा र उहाँको अनुपस्थितिमा कोइरालालाई नै निमित्तको कार्यकारी प्रमुखको जिम्मेवारी दिईने गरिएको थियो । त्यही परम्परालाई मन्त्रीज्यूले निरन्तरता दिनुभएको हो । अर्को व्यवस्था नभएसम्मको लागि मन्त्रीज्यूले कोइरालालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिनुभएको हो ।’ file photo



प्रतिक्रिया दिनुहोस्