Logo

आमाकै हातबाट बाढीले तीन बर्षिया छोरी बगेपछि …



पर्वत, ३१ भाद्र । रातभरको निद्रा विहान पख खुल्न खोज्दै थियो । घर नजिकको सानो बुके खोला सधै गडगडाउँथ्यो तर त्यसले ठुलै ठुलै बिपत्ती ल्याउँछ भन्ने कल्पना गरेको थिएन नविक बिकको परिवारले । सधै गडगडाउने बुके खोला सोमबार बिहान भने बहुलाए झै भएको थियो ।

बिहान साढे चार बढे खोला ठुलो स्वरमा बगेको सुनेर घरको ढोका खोल्दा सबै घर पानीले ढाकि सकेको थियो । हत्तारिदै सबै ढोकाबाट निस्कन खोज्दा नविनले ५ बर्षका छोरा ऋतिकलाई काखमा लिएका थिए भने आमा लक्ष्मीले ३ बर्षिया छोरी निकितालाई कोखमा राखेकी थिएन ।

आफ्नो ज्यान जोखिममा राखेर पनि आमाबाबुले सन्तानको माया कसरी मार्न सक्छन र । ज्यान जोखिममा राखेर छोरीलाई बचाउन खोजेकी लक्ष्मी त्यसबेला असफल भइन जतिबेला उर्लेको खोलाको भेलले घरको ढोकाबाटै निकितालाई खोसेर लग्यो । केही पर पु¥याउँदा सम्म बचाउन खोजेपनि निर्दयी खोलाले सधै नफर्कने गरि बगाईदियो निकितालाई ।

फलेबास नगरपालिका वडा नं ४ सिर्सुवामा भएको घटनामा बाढीले हातबाट छोरी खोसेपछि आमा लक्ष्मी अहिले पनि अर्धचेत हुनुहुन्छ । बाबु नविन गहिरो शोकमा । ‘खोला पसेको थाहापाएपछि ढोका खोल्दा सबै पानीले घेरिरहेको थियो’ शोकाकुल अबस्थामा रहनुभएका नविन २७ बर्षिय नविनले भन्नुभयो‘मैले छोरा र लक्ष्मीले छोरी काखमा लिएर निस्केका थियौ, ढोकाबाटै छोरीलाई खोसेर लग्यो।’ छोरी बचाउन खोज्दा नविन र लक्ष्मीलाई पनि ढुंगाले लागेर गहिरो चोट लागेको छ ।

नविन, लक्ष्मी, र नविनकी आमालाई पनि बाढीले बगाएको थियो । बाढीले बगाएपछि उनीहरुलाई तत्कालै बचाउने कोही थिएन जब पहिरो गएको थाहा पाएर स्थानीयबासी उद्धारका लागि आईपुग्दा नविन र लक्ष्मीलाई बाँसको झाङमा पहिरो अल्झाएको अवस्थामा उद्धार भयो । छोरी भने वेपत्ता भईन् । हातबाटै पहिरोले छिनेर लगेकी छोरीलाई स्थानीयले खोजी गर्दा घर देखि डेढ सय मिटर तल मृत अबस्थामा फेला पारेका थिए ।

बाढी पहिरोको जोखिममा परेको कतिपय अबस्थमा घरबाट निस्कदा मानिसले ज्यान जोगाउँन गाह्रो हुन्छ तर ज्यान बचाउन घरबाट बाहिर निस्कदा नै नविन बिकले छोरी गुमाउन पुगेको बताउनुहुन्छ । ‘घरबाट ननिस्केको भए बाढीबाट बाढीबाट छोरी बच्ने रैछन’ उहाँले भन्नुभयो ‘घरबाट बचाउन बाहिर निस्कदा छोरीलाई सधैका लागि गुमाउन प¥यो।’

बाढीले घरलाई भने बगाएको छैन । नविन बिकको खास घर फलेबास नगरपालिका ५ खानीगाउँमा हो । बाबु संग छुटिएर मावलीमा बस्न आउनु भएको हो नविन । अहिले बसेको घर मावली हजुरबाको हो । जन्मघरबाट मावलीमा आएपछि नविनले ट्याक्सी चलाउनु हुन्थ्यो भने घरमा भैसी र बंगुरपालन पनि गर्दै आउनुभएको थियो ।

मावली आएको ८ बर्षपछि यस्तो बिपत्ती आइलागेको छ उहाँलाई । भैसी, गोरु, ८ वटा बंगुर पनि बगाएको छ । ‘बाबुले हेलाँ गरेपछि मावलीको शरणमा आएको मान्छेलाई प्रकृतिले पनि लखेट्यो।’ उहाँले भन्नुभयो । पिडीत परिवारलाई सान्त्वना दिन र राहत बितरण गर्न मंगलबार गण्डकी प्रदेशका उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्री बिकास लम्साल घरमै पुग्नुभएको थियो । सोमबार प्रतिनिधीसभाका सदस्य पदम गिरी, फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा सहितका जनप्रतिनिधी देखि राजनैतिक दलका नेता र स्थानिय प्रशासन पनि पुगेर सान्त्वना दिएका खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्