Logo

‘भारतको जासुस गरेको’ आरोपमा नेपाली र चिनियाँ नागरिकसहित भारतीय पत्रकार पक्राउ



एजेन्सी, ३ असोज । ‘भारतको जासुस गरेको’ र संवेदनशील सुचना ‘चिनियाँ गुप्तचर’लाई पठाएको आशंकामा नेपाली र चिनियाँ नागरिक दिल्लीमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा चिनियाँ महिला र उनकी सहयोगी नेपाली युवक रहेको जनाइएको छ । उनीहरुलाई पक्राऊ गर्ने क्रममा भारतका एकजना स्वतन्त्र पत्रकार राजीव शर्मा पनि पक्राउ परेका छन् ।

दिल्ली प्रहरीको हवाला इन्डियन एक्सप्रेसले शनिबार दुईजना पक्राउ परेको उल्लेख गरेको छ । चिनियाँ र नेपाली नागरिकले स्वतन्त्र पत्रकार राजीव शर्मालाई संवेदनशील सुचना दिएवापत् ठुलो रकम तिरेको खबर इन्डियन एक्सप्रेसले अनलाइन संस्करणमा प्रकाशित गरेको छ । पत्रकार शर्मालाई चिनियाँ गुप्तचरका लागि सुचना संकलन गर्न प्रयोग गरिएको आरोप लगाइएको छ ।

इन्डियन एक्सप्रेसले दिल्ली प्रहरीको भनाई उदृत गर्दै ठुलो परिमाणमा मोबाइल फोन, ल्यापटप र अन्य संवेदनशील सामाग्री बरामद भएको जनाएको छ ।-Photo Source: National Chronicle



प्रतिक्रिया दिनुहोस्