Logo

कोरोनाको कहरले भारतभरका एक हजार विद्यालयहरु बन्द हुने अवस्थामा



एजेन्सी, ४ असोज । कोरोनाको कहरले भारतमा अवस्था भयावह भएको छ । भारतलाई सामान्य अवस्थामा फर्कन् निकै कठिन देखिएको छ । भारतमा लामो समयदेखि लकडाउनको मार खेपिरहेका निम्न माध्यमिक देखि माध्यमिक विद्यालयहरु सम्मले समस्या भोगीरहेका छन् ।

भारतभर रहेको करिब एक हजार विद्यालयहरु बन्द हुने अवस्थामा पुगेको जनाइएको छ । कोरोनाको महामारीले भारतको शैक्षिक क्षेत्रमा असर पुर्याएको कारण विद्यालयको सञ्चालन र तलबमा समस्या देखिएको छ । त्यसमध्ये निजी विद्यालयहरुको संख्या भने अधिक देखिएको छ सनले वार्षिक रुपमा न्यूनतम ५० हजार भारु लिने गर्दथे । भारतको शैक्षिक क्षेत्रलाई उकास्न सात हजार पाँच सय करोड लगानी लगाएपनि कतिपय विद्यालयहरु बन्द हुने अवस्थामा देखिएको छ । शैक्षिक क्षेत्रलाई सामान्य बनाउन राज्य सरकार र केन्द्र सरकारले हरप्रयास गरिरहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्