Logo

प्राइम टिभीद्धारा स्वर्गीय पत्रकार अनिल गौतमको नाममा पुरस्कार स्थापना



काठमाडौं, ७ असोज । प्राइम टाइम्स टेलिभिजनका भिडियो सम्पादक अनिल गौतमको निधन भएको १३औं दिनको पुण्य तिथिको अवसरमा पुरस्कार स्थापना गरिएको छ । टेलिभिजनले बुधबार श्रद्धान्जली सभाको आयोजना गरेको थियो । सोही सभालाई सम्बोधन गर्दै टेलिभिजनका अध्यक्ष ऋषि धमलाले अनिल गौतम स्मृति पत्रकारिता पुरस्कारको घोषणा गर्नुभएको हो । धमलाले २० हजार १ रुपैयाँ राशीको पुरस्कार स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

पुरस्कारबारे जानकारी दिँदै टेलिभिजनका अध्यक्ष धमलाले विभिन्न संचारमाध्यममा आवद्ध पत्रकार तथा संचारकर्मीको योगदानको आधारमा उक्त पुरस्कार वितरण गरिने बताउनुभयो । पुरस्कार टेलिभिजनको स्थापना दिवस जेठ १५ गते हरेक वर्ष प्रदान गरिने छ ।

श्रद्धान्जली सभामा अध्यक्ष धमलाले स्वर्गीय गौतमले टेलिभिजनमा पुर्याएको योगदानको चर्चा गर्दै एक असल सहकर्मी गुमाउनुपर्दा ठूलो क्षति भएको धारणा राख्नुभएको थियो । त्यसैगरी, टेलिभिजनका महाप्रबन्धक बैकुण्ठ ढुंगानाले गौतमको लगशिलता र अनुशासन सबैका लागि अनुकरणीय भएको बताउनुभयो । सभामा टेलिभिजनका सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यालयमा काम गरेर घर फर्कने क्रममा सवारी दुर्घटनामा परी गौतमको गत भदौ २६ गते राति दुःखद् निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्