Logo

दुई महिनामा ५७ करोडको प्याज आयात,भारतले निर्यात रोकेपछि भदौमा थाेरै घट्यो



काठमाडौँ ९ असोज। चालु आर्थिक वर्षको दुई महिनामा ५७ करोड रुपैयाँको प्याज आयात भएको छ। भन्सार विभागको तथ्याँक अनुसार साउन र भदौ महिनामा ५७ करोड ७४ लाख रुपैयाँको सुकेको प्याज आयात भएको छ।

साउनमा झण्डै ३३ करोड रुपैयाँको प्याज आयात भएकोमा भदौमा भारतले प्याज निर्यात रोकेपछि प्याजको आयातमा केहि कमि आएको छ। साउन एक महिनामा ३२ करोड ९४ लाख रुपैयाँको प्याज आयात भएको थियो। भदौमा मात्र २५ करोड रुपैयाँभन्दा धेरैको प्याज आयात भएको छ।

भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा प्याजको मूल्य दिन प्रतिदिन बढ्न थालेको छ। अहिले थोक बजारमा नै प्याजको मूल्य १०० रुपैयाँभन्दा धेरै छ।

नेपालको स्वदेशी उत्पादनले नपुग्दा हेरेक वर्ष ठूलो परिमाणमा प्याज, लसुन लगायतका बस्ततुहरु छिमेकि राष्ट्र चीन, भारत र अन्य देशबाट आयात हुन्छ। नियमित रुपमा आयात भइरहेको बस्तु कुनै कारणले केहि समय रोकिने वितिकै नेपालमा ती बस्तुहरुको मूल्य बढ्ने गरेको छ भने कालोबजारी समेत सुरु हुन्छ।

गत वर्षको तुलनामा भने यस वर्ष प्याजको आयात बढेको छ। गत वर्षको साउन र भदौ महिनामा ३ करोड २६ लाख रुपैयाँ बराबरको मात्र प्याज आयात भएको भन्सार विभागको तथ्याँकले देखाउछ। गत वर्षको पहिलो दुई महिनाको तुलनामचा यस वर्ष प्याको आयात ह्वातै बढेको हो ।

गत आर्थिक वर्षको दुई महिनामा भारतबाट २ करोड ९१ लाख रुपैयाँ बराबरको र चीनबाट ३५ लाख रुपैयाँको मात्र प्याज नेपाल भित्रिएको थियो।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि कृत्रिम अभाव सिर्जना गर्ने र मूल्य बढाउने धेरै तरकारी पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको समेत गरेको छ। तर पनि यस्ता बस्तुहरुमा हुने कालोबजारी रोकिन सकेको छैन।

नेपालमा सुकेको प्याज भारतबाट सबैभन्दा धेरै आयात हुन्छ। गत साउन र भदौमा भारतबाट मात्रै ५७ करोड ३७ लाख रुपैयाँको प्याज आयात भएको छ। त्यस्तै छिमेकी राष्ट्र चीनबाट ३६ लाख ८३ हजार रुपैयाँको प्याज आयात भएको विभागको तथ्याँकले देखाउछ।

सबैभन्दा धेरै प्याज आयात हुने भारतले प्याज निर्यातमा रोक लगायका कारण आगामी दिनमा प्याजको आयात अझै घट्ने देखिन्छ । स्वदेशि उत्पादन बढाउन नसक्दा हरेक वर्ष प्याजको भाउ महंगिने गरेको छ।-मेरोलगानी/File photo



प्रतिक्रिया दिनुहोस्