Logo

६ वर्ष कोमामा रहेका भारतका पूर्व विदेशमन्त्री जसवन्त सिंहको निधन



एजेन्सी, ११ असोज । भारतका पूर्वमन्त्री जसवन्त सिंहको आज विहान निधन भएको छ । उनी ६ वर्ष देखि कोमामा थिए ।

८२ वर्षीय सिंह भारतीय जनता पार्टीका प्रभावशाली नेता थिए । उनी सन् २०१४ को अगष्ट महिनामा बाथरुममा लडेर घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेपछि उनी कोमामा थिए ।

राजस्थानको बारमर जिल्लाको जसोल गाउँमा राजपुत परिवारमा जन्मिएका जसवन्त अटल विहारी बाजपेयी प्रधानमन्त्री हुँदा पटक पटक मन्त्री बनेका थिए । उनी नौ पटक सांसद रहे । वित्त, रक्षा र विदेश मन्त्रालय जस्ता महत्वपूर्ण मन्त्रालय सम्हाले ।-तस्वीर स्रोतः एजेन्सी



प्रतिक्रिया दिनुहोस्