Logo

महिलाहरुलाई यी तीन ग्रहले सबैभन्दा ठुलो प्रभाव पार्ने



हस्तरेखाबाट भविष्यवाणी गर्ने क्रममा महिलाहरुले उल्टो हात देखाउँछन् त्यसैगरी कुन्डली देखाउने तरिका पनि छुट्टै हुन्छ किनकि महिलाहरुको कुन्डलीमा अनेक भिन्नता हुन्छ ।

१.महिलाको कुन्डलीमा नौ स्थान वा भावमा पिता र सातौ स्थान वा भावमा पति भएमा घरजम राम्रो हुन्छ ।

२.चौथो भावमा गर्भधारण क्षमता, सुख–दुख, समाजमा मान अपमान आदीको फल निस्कन्छ ।

३.चन्द्र ग्रहले महिलाहरुको दिमागमा बढी प्रभावित पार्छ, त्यसैले यदि बिरामी चन्द्र (शनिको चन्द्र आदी) कमजोर र पीडित छ भने महिलालाई अपमानित तुल्याइन्छ र यसले बच्चा जन्माउने क्षमतालाई पनि नष्ट गर्दछ ।

. चन्द्र पछि मंगलले सबैभन्दा पहिले धेरै प्रभाव पार्छ । जसको कारण मासिक धर्ममा समस्या हुन्छ । यस्तो स्थितीमा मासिक धर्ममा अनियमिता भई अपरेशन हुन सक्छ ।

.चन्द्र र मंगलपछि शुक्रको प्रभाव धेरै पर्छ । शुक्र संयम, सुख, प्रेम सम्बन्ध, यौन रोग तथा अन्य सुखोपयोगमा हानी गर्छ । विद्धानको अनुसार पुरुषको कुन्डलीमा शुक्र र महिलाको कुण्डलीमा गुरुका धेरै महत्व हुन्छ । जुन महिलाको कुन्डलीमा बृहस्पति शुभ स्थान र शुभ प्रभावमा हुन्छ, उसलाई सामाजिक मान प्रतिष्ठा र सांसरीक सहजता प्राप्त हुन्छ ।

महिलाहरुले आफ्नो गुरुलाई बलवान राख्ने हो भने निम्न लिखित उपाय गर्नु आवश्यक हुँदैन् । अतः चन्द्र, मंगल, शुक्रले महिलाको जीवनमा अत्यधिक प्रभावित गर्न सक्छ । यस्तो ग्रह भएका महिलाहरुले चाँदीको प्रयोग गर्नुपर्छ । एकादशी वा प्रदोषका व्रत बस्नु पर्छ । आखाँमा कालो टिका लगाएर मंगलको उपाय गर्नुपर्छ ।

शुक्रको लागि आफ्नो र घरलाई सरसफाईमा ध्यान राखेर शुक्रवारको व्रत गर्ने र दहीले स्नान गर्नुपर्छ । यसको साथै मेष, सिंह वा धनु राशी भएका व्यक्तिको विवाह वृश्चिक, मिन राशीका पुरुषसँग भएमा अत्यन्तै कठीन हुनेछ एवं मिल्ने योग अशुभ भएकोले सम्बन्ध विच्छेद निश्चित हुन्छ । धार्मिक ग्रन्थको आधारमा



प्रतिक्रिया दिनुहोस्