Logo

सुखी हुनलाई जीवनमा चारवटा रङ्ग प्रयोग गर्नुहोस्



रङ्गको हाम्रो जीवनमा धेरै महत्व छ । वैज्ञानिकका अनुसार रङ्ग त मुलतः पाँच हो कालो, सेतो, रातो, नीलो र पँहेलो । कालो र सेतोलाई रङ्ग मान्नु हाम्रो बाध्यता हो । जबकी यी कुनै रङ्ग होइनन् । यसप्रकार तीन वटा रङ्ग रहन्छन् रातो, पँहेलो र नीलो । हामीले आगो जल्दै गर्दा यी तीन रङ्ग मात्र देख्छौ ।

जब कुनै रङ्ग धेरै धमिलो हुँदै जाँदा सेतो देखिन्छ र जब कुनै रङ्ग धेरै गाढा भएमा कालो रङ्ग देखिन्छ । रातो रङ्गमा पँहेलो मिसाइदिएमा केसरि रङ्ग बन्छ । नीलो रङ्गमा पँहेलो मिसाउँदा हरियो रङ्ग बन्छ । यस्तै नीलो र रातो मिसाउँदा जामुनी रङ्ग बन्छ । यहि प्रमुख रङ्गबाट हजारौ रङ्गको उत्पत्ति हुँन्छ ।

हिन्दु धर्ममा केसरि, पँहेलो, गेरु र रातो रङ्गलाई सबैभन्दा धेरै महत्व दिएको छ ।

पँहेलो रङ्ग– पँहेलो रङ्गको वस्त्रलाई पितांबर भनिन्छ । यो रङ्गले गुरुको बल बढाउँछ । गुरु हाम्रो भाग्य जगाउने गृह हुन् । कुनै पनि मांगलिक कार्यमा पँहेलो रङ्गको प्रयोग गरिन्छ । पुजा पाठमा पँहेलो रङ्ग शुभ मानिन्छ ।

वैज्ञानिकको अनुसार पँहेलो रङ्गले रक्तमा हेमोग्लोबिन बढाउछ र रक्त संचार पनि बढाउछ । यसले थकान हटाउछ । सुन्निएको, उल्टी आएको, अपच, टन्सिल, अनिन्द्रा र खोकी पनि निको हुन्छ । पँहेलो रङ्गको सम्बन्ध वैराग्यदेखि पवित्रता र मित्रतासँग पनि हुन्छ ।

रातो रङ्ग– शरीरमा रगत महत्वपु्र्ण हो । हामी रगत विना बाच्न सक्दैनौ । हिन्दु धर्ममा विवाहीत महिलाहरु रातो साडी र रातो चुरामा देखिन्छन् । रातो रङ्गले मानिसको जिन्दगीमा खुशी ल्याइदिन्छ । रातो रङ्ग उत्साह, सौभाग्य, उंमग, साहस र नवजीवनको प्रतिक हो ।

घरको भित्ता, बेडरुम, तावेल, पर्दा र म्याट रातो रङ्गको हुनुहुँदैन । रातो रङ्गको प्रयोग धेरै सोचेर गर्नुपर्छ । रातो रङ्गको फल र तरकारीमा लाइकोपिन र एन्थेसायनिन हुन्छ जसले क्यान्सरकोे सम्भावनालाई पनि कम गर्छ ।

सेतो रङ्ग– सेतो रगं आत्माको रङ्ग हो जसमा हल्का नीलो पनि हुन्छ । नीलो रङ्गमा प्रकाशको रुपमा आत्मा देखिन्छ र पँहेलो रङ्गमा प्रकाशले आत्माको उपस्थितीको सुचित गराउँछ । सेतो रङ्ग सरस्वतीको हो । यसमा राहु शान्त रहन्छन् । सेतो रङ्ग प्रयोग गर्दा केहि नियमको पालन गर्नुपर्छ । यस रङ्गबाट शुद्धता र पवित्रताको आभास हुन्छ ।

सेतो फल तथा तरकारीले क्यान्सर र ट्युमर हुने खतरा कम गर्छ । सेता फलमा एलीसीन र फ्लैवेनाइड भरपुर मात्रामा पाइन्छ ।

नीलो रङ्ग–सम्पुर्ण जगतमा नीलो रङ्ग धेरै प्रयोग हुन्छ । धर्तिमा ७५ प्रतिशत फैलिएको जलमा नीलो रङ्गको प्रकाश फैलिएको हुन्छ त्यसकारण सजिलै नीलो रङ्ग देख्छौ । नीलो रङ्ग अध्यात्म र भाग्यसँग जोडिएको हुन्छ । यसलाई सोचेर मात्र उपयोग गर्नुपर्छ । यसको सहि तरिकाले उपयोग गरेमा जीवनमा सफलता पनि दिन्छ । नीलो रङ्गका फल तथा तराकारीले छालालाई स्वस्थ्य राखी जवान राख्न पनि सहयोग गर्छ । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्