Logo

किन सुटुक्क आयो अमेरिकी विमान



काठमाडौं, २० असोज । कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय उडानहरु खुलेपनि नियमित उडान भने, पहिलेभन्दा निकै कम छन् । जसकारण त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पहिले जस्तो भिड छैन ।

यही बेला गत १४ असोजमा एउटा चार्टड विमान त्रिभुवन विमानस्थलमा देखाप¥यो । त्यो विमान अमेरिकी सुरक्षा अधिकारीको थियो । जसमा सात जना नेपालीहरु समेत थिए । यसरी अमेरिकी सुरक्षा अधिकारीले चार्टर गरेको विमानमा आउने पाउने उनीहरु ठूला व्यक्ति थिएनन्, अमेरिकामा जेल बसेर छुटेका नेपालीहरु थिए ।

अमेरिकाले फर्काएका सातमध्ये एक जना भिजिट भिसामा अमेरिका पुगेका थिए । गाडी चलाउने क्रममा दुर्घटनामा परेपछि करिब एक महिना जेल बसेर उनी छुटेका थिए । अन्य ६ जना दलालको पछि लागेर अमेरिका पुगेका व्यक्ति थिए । तर, उनीहरुको अमेरिकाको सपना पूरा हुन पाएन । मेक्सिकोको सीमामै पक्राउ परेका उनीहरु करिब दुई वर्ष जेल बसेर छुटेका हुन् । छुटेलगत्तै उनीहरुलाई अमेरिकाकाको अध्यागमन तथा सुरक्षा अधिकारीहरुले चार्टड प्लेनमा नेपाल ल्याएर छाडिदिएका हुन् ।

अवैध रुपमा अमेरिका जाने नेपालीलाई अमेरिकाले नेपालमा ल्याएर छाडिदिएको पहिलो घटना भने होइन । गत वर्ष पनि यसैगरी केही नेपालीलाई चार्टड विमानमा नेपाल ल्याएको थियो । साथै, नेपालमा रहेका एक मोष्ट वान्टेड अमेरिकन नागरिकलाई लिन पनि उक्त प्लेन चार्टर्ड गरेर नेपाल आएको स्रोतले बताएको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्