कोरोनाबाट थप दुई जनाको मृत्यु


काठमाडौं, असोज २१ । कोरोना भाइरस संक्रमणबट थप दुई जनाको मृत्यु भएको छ। बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका वडा नम्बर ९ की ५५ वर्षीया महिला र सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो।

असोज १६ गते कोरोना पोजिटिभ पुष्टि भई आईसीयूमा उपचाररत पुरुषको गएराति १२ः५० बजे र १७ गते अस्पताल भर्ना भएकी महिलाको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।