Logo

सरकार र अनशनरत डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु



काठमाडौं, २२ असोज । सरकार र अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधिबीच वार्ता शुरु भएको । अहिले शिक्षा मन्त्रालयमा वार्ता शुरु भएको हो । वार्तामा सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनाली र डाक्टर गोविन्द केसीका तर्फबाट डाक्टर जीवन क्षेत्री छन् भने डाक्टर केसीका तर्फबाट शिक्षा सचिव गोपीनाथ मैनालीसहित स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा छन् ।

यसअघि हिजो साँझ वार्ताको वातावरण बनेको थियो । १९ औं पटक चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनशन बसिरहेका डाक्टर केसी वार्ताका लागि तयार भएपछि बुधबार वार्ता टोली गठन भएको हो । जुम्लाबाट अनशन शुरु गरेका केसीको आज अनशनको २५ औं दिन हो । अनशनका कारण उनको स्वास्थ्य अवस्था गम्भीर भएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्