Logo

११४ जना जिल्ला न्यायाधीशको सरुवा



काठमाडौ, असोज २३ । न्याय परिषद्ले ११४ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ । बुधबारको परिषद् बैठकले दुई वर्ष कार्यावधि पूरा गरेका न्यायाधीशको सरुवा गरेको हो ।

परिषद्ले हालै नियुक्त भएका २९ जनाको पदस्थापन पनि गरेको छ । परिषद्को निर्णय अनुसार उपत्यकाका सबै जिल्ला अदालतका दुई कार्य अवधि पूरा भएका न्यायाधीशको सरुवा भएको छ । काजमा खटिएका न्यायाधीशको यथास्थानमा पदस्थापन भएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम