Logo

चीनसँगको सीमा मिचिएको छ, हामीसँग प्रशस्त प्रमाण छ- जीवनबहादुर शाही



काठमाडौं, २५ असोज । कर्णाली प्रदेशका नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले चीनले हुम्लामा सीमा मिचेको प्रमाण रहेको बताएका छन् । उनले सिमा मिचिएको प्रमाणहरु जम्मा गरिएको समेत बताए ।

‘चीनसँगको सीमा मिचिएको प्रशस्त प्रमाण छन्,’ हुम्लास्थित चीनसँगको सीमाना पुगेर सदरमुकाम सिमिकोट फर्किइरहेका शाहीले प्राइम टाइम्स टेलिभिजनसँग भने, ‘हाम्रो जमिन मिचेर चीनले घर बनाएको विगतमा नै भनेका छौं ।’ आफूहरु थप प्रमाण र तथ्य संकलन गरेर फर्किइरहेको समेत बताए ।

नेपाल सरकारले चीनले नेपालको भूमि मिचेको छैन भनी दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए । अहिले विवादमा रहेको १२ नम्बर पिलर चीनले नयाँ बनाएको उनको भनाई छ । दुई देशबीच सहमति बनाएर पिलर नबनाएको बताए । सरकारले सीमा मिचिएको समेत नदेखेको आरोप लगाए ।

चीनले सीमामा स्थानीयलाई समस्यामा पारेको समेत बताए । सीमा विवाद भन्दै लोड गरिएका ट्रक समेत आउन नदिएको बताए ।



प्रतिक्रिया दिनुहोस्