Logo

महानिरीक्षक खनालबाट विजया दशमी, शुभ दिपावली तथा छठपर्वको अवसरमा सशस्त्र प्रहरी कर्मचारीहरुलाई शुभकामना व्यक्त



काठमाण्डौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपालीहरुको महानचाड विजयादशमी, शुभ दिपावली तथा छठपर्वको पुनित अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन।


सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट असोज ३० गते सकल दर्जाका सम्पूर्ण सशस्त्र प्रहरी
कर्मचारीहरु, कर्तव्य पालनाको सिलसिलामा प्राणको आहुती दिएका अमर सशस्त्र
प्रहरी कर्मचारीहरुका परिवारजन लगायत नेपालभर तथा शान्ति स्थापनार्थ
विभिन्न देशहरुमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई शुभकामना
दिदै सुख, शान्ति, समृद्धि एवं दिर्घायुको कामना गरे ।


उनले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीको समयमा सकल दर्जाका
राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु सीमा सुरक्षाको साथै राज्य प्रदत्त विभिन्न जिम्मेवारीका क्षेत्रहरुमा देशका विभिन्न ठाउँहरुमा रहेर सीमित साधनश्रोतका बावजुद कार्यक्षेत्रमा अहोरात्र खटिई राष्ट्रको
सुरक्षा तथा आम नागरिकको सुरक्षा, सेवा र सहयोगमा पुर्याएको योगदान तथा
कर्तव्यपरायणताको सर्वत्र प्रशंसा भईरहेको चर्चा गर्दै सशस्त्र प्रहरी कर्मचारीहरु अगामी दिनमा समेत अझ बढी सजग र सतर्क भई जिम्मेवारी निर्वाहमा कृयाशिल रहने विश्वास व्यक्त गरे ।


सशस्त्र प्रहरी महानिरीक्षक खनालले चाडपर्वको समयमा हुन सक्ने विभिन्न आपराधिक गतिविधि नियन्त्रण, सीमा अपराध नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रण तथा निस्तेज गर्न कार्ययोजनासहित आ–आफ्नो जिम्मेवारी ईलाकामा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन निर्देशन दिए ।

उनले व्यक्तिगत स्वार्थ र सुविधाभन्दा पनि देश र जनताको सेवा र
सुरक्षालाई पहिलो प्राथमिकतामा राखी नेपाल सरकार र संगठनले अपनाएका सुरक्षा मापदण्डहरुको पालना गर्दै आमनागरिकले आफ्नो परिवारभित्र मात्र सुरक्षितसाथ चाडपर्व मनाउने वातावरणका लागि सम्बद्ध अन्य सुरक्षा निकाय र छिमेकी देशको सुरक्षाकर्मीहरुसँग समेत समन्वय गरी थप सजकता अपनाई तन मन, बचन र कर्मका साथ कार्यक्षेत्रमा परिचालित रहन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए।


सशस्त्र प्रहरी महानिरीक्षक खनालले सहायता कक्ष स्थापना गरि कोभिड–१९ महामारीको यो समयमा चाडपर्वको बेला स्वदेश तथा विदेशबाट आउने नागरिकलाई ठगिन र लुटिनबाट जोगाउँदै नेपाल सरकारले तोकेको सीमा नाकाहरुबाट मात्र
व्यवस्थित र सुरक्षित रुपमा आवतजावत गर्न सकिने सहज वातावरण बनाउन निर्देशन दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले दिएको शुभकामना सन्देश ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा देशभरका सशस्त्र प्रहरी इकाईहरुमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।


कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी.,
नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको
थियो ।



प्रतिक्रिया दिनुहोस्