Logo

वामदेवको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र चालकलाई कोरोना संक्रमण



काठमाडौं, १ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको सुरक्षामा खटिएका सुरक्षाकर्मी र सवारी चालकलाई कोरोना भाइरसको संक्रमण भएको छ । गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले उनीहरुलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।

गौतम र उनका परिवारका सदस्यलाई पनि संक्रमण नभएको सुवेदीले बताएका छन् । सचिवालयमा रहेकाहरु पनि सुरक्षित पाइएका छन् ।

दुई हप्ता अघि गौतम र उनको परिवारसहितको कोरोना टेष्ट भएकोमा नेगेटिभ नतिजा आएको थियो ।



प्रतिक्रिया दिनुहोस्