Logo

यो गीत सुनेपछि धेरै मानिसले गरे आत्महत्या



हामी सबैलाई थाहा छ संगीत हाम्रो जीवनको एक हिस्सा हो । संगीतमा मानिसहरु नाँच्न रमाउन थाल्छन्, कुनै गीत यस्ता हुन्छन् जसले दिलमा धेरै छिटो स्थान बनाउन सक्छन् । कुनै गीत यस्ता हुन्छन् जसलाई सुनेर केही मानिसहरुले आत्महत्या पनि गर्छन् । एक यस्तै गीत छ, जसलाई हंगेरीका संगीतकार रिजोस सेरिजद्वारा बनाइएको स्याड सन्डे नामको गीत यो दुनियाँकै सबैभन्दा लोकप्रीय र चर्चित गीतमा गनिन्छ । यो गीतमा मनभित्र रहेको दुखाईलाई समेटिएको छ । जसले सुन्छ उसले आफ्ना दुख महसुस गर्न थाल्छ ।

यो गीत सुन्ने केही मानिसहरुले आत्महत्या गर्न प्रेरित गर्ने पनि आरोप लगाएका छन् । सुन्नमा अनौठो लागेपनि यो गीतको कारण केहीले त आत्महत्या पनि गरेर आफ्नो जीवन नै समाप्त पनि पारेका छन् । जसले यो गीत सुन्छ उसलाई जिन्दगी व्यर्थ लाग्छ र आफ्नो जिन्दगी तुरुन्त त्याग्न चाहान्छ ।

यही गीत सुनेर केहीले त आत्महत्या गरिसकेका छन् । यो गीत यति धेरै भावुक छ की यसलाई सन् १९६३ मा प्रतिबन्ध लगाइएको थियो । प्रेम कहानीमा आधारित यो गीत दुनियाँकै सबैभन्दा दुःखले भरिएको मानिएको छ । जसमा प्रेमी मर्छन्, प्रेमिकाले पछि पनि प्रेमिलाई भेट्ने इच्छा राख्छिन् ।

यो गीत जति विवादास्पद भयो त्यत्तिनै लोकप्रिय पनि भयो । यसकारण गीतको कैयौपटक रिमेक पनि बनिसकेको छ । १९४१मा अमेरिकन जैज म्युजिकका जादुगरको रुपले चिनिने बिलीई होलिडेले यस गीतको रिकम्पोज गरेका थिए । तर उनको गीतले आत्महत्या गर्ने क्रम रोकिएन् । यो गीतलाई केहि देशहरुले प्रतिबन्ध लगाएका थिए । ६३ वर्षपछि २००३ मा भने यस गीतलाई प्रतिबन्धबाट फुकुवा गरेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot