Logo

समुन्द्र भित्र विवाह



विवाहलाई लिएर धेरै मानिसहरुले सपना सजाएका हुन्छन् । जो कसैले पनि विवाह यादगर होस् भन्ने चाहन्छन् । यसको लागि मानिसहरु लाखौ करोडौ खर्च गर्न पनि तयार हुन्छन् । आफ्नो विवाह सम्झन योग्य बनाउने अभिलाषाले मानिसहरुले गजबका तरिका अपनाएका छन् । केरलाका एक जोडीले समुन्द्रको गहिराईमा विवाह गरेका छन् ।

निखिल पवार र युनिका पोर्गनले समुन्द्रको गहिराईमा विवाह गरेर सबैलाई आश्चर्यमा पारेका हुन् । केरलाको कोवलमको ग्रोवबीचमा अरेबियन सागरमा यो विवाह सम्पन्न भएको हो । दुवैजना महाराष्ट्रका हुन् । युनिकाले अनौठो तरिकाले विवाह गर्ने सपना देखेको र यसलाई प्रमाणित गर्न यस्तो आश्चर्य लाग्दो तरिका अपनाएको बताएकी छिन् । सेतो रङ्गको कपडामा युनिका र दुलाहा निखिल नीलो रंगको कपडा लगाएका थिए । भारतमा यस्तो तरिकाले गरेको पहिलो विवाह हो, जुन पानी भित्र सम्पन्न भएको थियो ।

वर्तमान समयमा यो विवाहको तरिका धेरै लोकप्रिय हुँदै गएको छ । भारतमा पनि यस्तो विवाह हुन थालेको छ । विवाहको लागि समुन्द्र भित्र ४ मीटर तल मन्डप बनाइएको थियो, जहाँ दुवैजनाले विवाहको सबै प्रक्रिया पुरा गरे । दुवैले एक अर्कालाई औंठी लगाइदिएर माला लगाइदिए । निखिलले ओसियन सफारीमा चालकको रुपमा काम गर्थे । एजेन्सी



प्रतिक्रिया दिनुहोस्