Logo

कैदी, बच्चा र पत्नीसँगै बस्न पाउने यो जेल



कारागार वा जेल हामीले सुनिरहेकै कुरा हो जहाँ अपराधिक गतिविधि गरेका मानिसहरुलाई सजाय दिन राखिन्छ । तर, एक यस्तो जेल पनि छ जहाँ कैदीलाई आफ्नो परिवारसँग बस्ने मौका दिइन्छ ।

स्पेनको राजधानी मैड्रिडबाट ४० किमी टाढा आरांजुएज नामको जेल छ जुन जेल अनौठो कामको लागि चर्चित छ । यस जेलमा ३६ यस्ता सेल बनाइएका छन् जहाँ कैदीहरु परिवारको साथमा बस्न सक्छन् ।

सबैभन्दा ठुलो कुरा यस सेलमा कैदी र उनका परिवारलाई पनि सुविधाको लागि सबै किसिमका सरसामान उपलब्ध छन् । यस घरमा कैदीका बच्चाको लागि पनि विशेषसुविधा दिइएको छ । जसमा उनले कुनै प्रकारका दुख हुँदैन ।  बच्चाको लागि खेलौनाको पनि बन्दोबस्त गरिएको छ ।

यस्तो प्रकारको विशेष जेल बनाउनुको पछाडी कारण माता पिता दुवैजना जेलमा बसेमा बच्चाले कुनै प्रकारका कमी नहोस् भन्ने हो । साथै ती बच्चाहरु पछि देशमा राम्रा नागरिक बन्नमा सहयोग पुग्नेछ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्